default_image

2 years ago

July 26, 2022

श्रेष्ठ यू–१७ टोलीको मुख्य प्रशिक्षक नियुक्त

469 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला छनोटमार्फत भइरहेकोछ । खुल्ला छनोट साउन ९ देखि एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु भएको हो ।

श्रेष्ठले सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए । उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए । त्यसअघि उनले च्यासललाई सी डिभिजनमा प्रशिक्षण दिएका थिए ।

श्रेष्ठ सन् २०२१ मा घरेलु फुटबलको चर्चित क्लब थ्री स्टार क्लबमा अनुबन्धित भएका थिए । अनुबन्धित भए लगतै उनले मकवानपुरमा आयोजित चौथो बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेका थिए ।

सोही प्रदर्शनलाई आधार मान्दै थ्री स्टारले उनलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको पनि जिम्मेवारी सुम्पिएको थियो । तर, लिगमा उनको प्रशिक्षणमा थ्री स्टारले सोचेअनुरुपमा प्रदर्शन गर्न सकेनन् ।

खेलाडीको रुपमा श्रेष्ठले तीनपटक घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.