default_image

3 years ago

July 24, 2022

एल क्लासिको : अभावमा पनि मेस्सीको प्रभाव

302 views

0 Bookmark

एजेन्सी– अमेरिकाको लस भेगासमा भएको एल क्लासिकोमा लिओनल मेस्सी समावेश थिएनन् । तर रियल म्याड्रिडविरुद्ध खेलमा दर्शकदिर्घामा मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको अभिव्यक्तिका कारण उनको उपस्थिति भएजस्तै वातावरण सिर्जना भयो ।

रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्ससँग सुपर लिगका विषयमा छलफल गरेका बार्सिलोनका अध्यक्ष लार्पोटाले भने,‘ मलाई लाग्दैन बार्सिलोनामा मेस्सीको अध्याय अन्त्य भएको छ । यसलाई खुला राख्नु हाम्रो जिम्मेवारी पनि हो । अहिले नै बार्सिलोना र मेस्सीको सबथोक सकिएको छैन ।’

गत वर्ष बार्सिलोनाले मेस्सीलाई फुकुवा गरेपनि उनी फर्कनेमा क्लब आशावादी रहँदै आएको छ । उनको खेल जीवनको अन्त्य आफ्नै क्लबबाट होस् भन्ने बार्सिलोनाले चाहेको विश्वास गरिन्छ । लापोर्टा आफैंले पनि मेस्सीको बहिर्गमनबाट असहज महसुस गरेको बताए ।

‘मलाई लाग्छ हामीले उनलाई केही दिन बाँकी छ । नैतिकताले बार्सिलोनाको अध्यक्षको हकमा पनि हामीले आएपछि जे गर्नुपर्ने त्यो गरेका छौं । अब म व्यक्तिगत र क्लब अध्यक्षको हकले उनलाई केही दिन बाँकी रहेको बुझाइ राख्छु,’ उनले भने ।

प्रि सिजनको मैत्रीपूर्ण एल क्लासिकोमा बार्सिलोनाले रियललाई १–० ले हरायो । च्याम्पियन्स लिग र ला लिगाको समेत विजेता रहेको रियलविरुद्ध राफिन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । तर हजारौंको संख्यामा समर्थकले मेस्सीको १० नम्बर अंकित बार्सिलोना जर्सी पहिरिएका थिए । अध्यक्ष लापोर्टाको अभिव्यक्तिले झनै अभावमा पनि मेस्सीले प्रभाव छोडेको प्रष्ट पार्छ ।

पिएसजी मेस्सीको सम्झौता थप्न चाहन्छ

बार्सिलोनाले मेस्सी फर्कने आशा गरिरहँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) भने उनीसँगको सम्झौतालाई थप लम्ब्याउन चाहिररहेको छ । मेस्सीले क्लब छाड्दा उनलाई मात्र होइन क्लबलाई पनि निकै असहज भएको थियो । त्यसैले पनि बार्सिलोना अर्को अध्याय थप्न चाहन्छ ।

एक वर्षअघि मेस्सीले क्याम्प नोउ छाडेपनि क्लब र समर्थकले उनको अभाव महसुस गरिरहेका छन् । अर्कोतर्फ पिएसजीले भने एक वर्ष सम्झौता बाँकी रहेको अवस्थामा उनको बसाई लम्ब्याउन चाहिररहेको छ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.