default_image

3 years ago

July 23, 2022

किरणसम्मिलित माजियालाई लिग उपाधि

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियशनले दुई खेल बाँकी छँदै माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जितेको छ ।

शुक्रबार भएको खेलमा माजियाले दा ग्राण्डेलाई १–० ले पराजित गरेपछि दुई खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । माजियाको जितमा टाना डोमिंगेजले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै माजियाले १९ खेलबाट ५४ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।

माजियाले लगातार तेस्रोपटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो । समग्रमा माजियाको यो चौथो लिग उपाधि हो । माजियाले पहिलोपटक सन् २०१६ मा लिग उपाधि जितेको थियो ।

माल्दिभ्समा किरणको पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि हो । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्टसबाट उपाधि जितेको थियो । त्यतिबेला किरणले उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.