default_image

2 years ago

July 22, 2022

आल्भेस मेक्सिकन क्लबमा अनुबन्धित

216 views

0 Bookmark

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित भएका छन् ।

मेक्सिकन क्लबले आल्भेसलाई फ्री ट्रान्सफरमा क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो । आल्भेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब बार्सिलोना छाडेका थिए ।

३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । आल्भेस गत जनवरीमा ६ महिनाको लागि बार्सिलोनामा ५ वर्षपछि फर्र्किएका थिए । यसअघि आल्भेसले सन् २०१६ मा बार्सिलोना छाडेका थिए । त्यसपछि उनी इटालियन क्लब युभेन्ट्स हुँदै फ्रान्सेली क्लब पिएसजी र ब्राजिली क्लब साओ पाउलो पुगेका थिए ।

३९ वर्षीय राइट ब्याकले आफ्नो दोस्रो स्पेलमा १७ खेलमा एक गोल र चार असिस्ट योगदान गरेपछि बार्सा ला लिगामा दोस्रो स्थानमा रह्यो । ब्राजिली क्लब बाहियाबाट व्यवसायिक खेल करिअर सुरु गरेका आल्भेसले सेभिया, बार्सिलोना, युभेन्ट्स, पिएसजी र साओ पाउलो हुँदै पुनः बार्सिलोना फर्किएका थिए । ब्राजिलका लागि १२४ क्याप जितेका आल्भेसले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

उनले आफ्नो व्यवसायिक खेल करिअरमा सर्वाधिक ४३ उपाधि जितेका छन् । आल्भेसले बार्सिलोनाबाट ६ ला लिगा, ४ कोपा डेल रे, ४ सुपर कोपा, २ कोपा क्याटलुनिया, १ सुपर कोपा क्याटलुनिया, ३ च्याम्पियन्स लिग, ३ सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

यस्तै बाहियाबाट दुई उपाधि जितेका आल्भेसले सेभियाबाट २ पटक युइएफए कप र समान एक पटक कोपा डेल रे, सुपर कोपा र युइएफए सुपर कप जितेका छन् । युभेन्ट्सबाट सिरी ए र कोपा इटालिया जितेका छन् । पिएसजीबाट २ पटक लिग वान, २ पटक ट्रफी डेस च्याम्पियन्स र समान एक पटक कप डि फ्रान्स र कप डि लिग जितेका छन् ।

साओ पाउलोबाट ब्राजिली लिग जितेका छन् । ब्राजिलबाट दुईपटक कोपा अमेरिका र दुई पटक फिफा कन्फेडेरेसन तथा एकपटक समर ओलम्पिक जितेका आल्भेस फिफा वल्ड युथ यू–२० च्याम्पियनसिप जित्दाका समेत सदस्य हुन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.