default_image

2 years ago

July 22, 2022

लेवान्डोस्कीले रियल म्याड्रिडविरुद्ध खेल्ने

296 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले प्रि–सिजनको एल क्लासिकोमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।

लेवान्डोस्की यसैसाता मात्रै जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोनामा आबद्ध भएका हुन् । उनी अहिले अमेरिकामा रहेको बार्सिलोनासँगको प्रशिक्षणमा सामेल भइसकेका छन् ।

टोलीसँगको प्रशिक्षणमा रहेकाले उनले बार्सिलोनाको लागि डेब्यु खेलमा प्रतिद्धन्द्धी रियल म्याड्रिड नै हुने सम्भावना रहेको छ ।
लस भेगासमा आफ्नो पहिलो अभ्यास खेलमा ओलोटसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो खेलमा इन्टर मियामीमाथि ६–० को फराकिलो जित निकालेको थियो ।

लस भेगासको एलेजियन्ट स्टेडियममा हुने खेलको लागि टिक बिक्री भइसकेका छन् । जहाँ रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेपछि आफ्नो पहिलो खेलमा बार्सिलोनासँग खेल्नेछ ।

५० मिलियन युरो र ५ सय मिलियन युरो रिलिज क्लजका बार्सिलोना आएका लेवान्डोस्कीको खेल हेर्न क्लबका समर्थकहरुले पर्खिरहेका छन् । रियल म्याड्रिडविरुद्धको लेवान्डोस्कीको डेब्युलाई महत्वका साथ हेरिएको छ ।

टोलीमा लेवान्डोस्कीसँगै राफिन्हा, आन्द्रेस क्रिस्टेन्सेन र फ्रान्क केसीले पनि रियलविरुद्ध खेल्ने सम्भावना छ । लास भेगासमा हुने शनिबारको क्लासिकोको लागि प्रशिक्षक जाभी हर्नान्डेज पनि टोलीमा रहेका छन् । उनी भिसा समस्याका कारण टोलीसँगै अमेरिका जान पाएका थिएनन् ।

रियल म्याड्रिड पनि आफ्नो पूर्ण टोलीसहित लास भेगासमा प्रशिक्षण गरिरहेका छन् । ला लिगा प्रतिद्धन्द्धी बार्सिलोनाविरुद्ध रियल पनि तयार रहेको छ ।

यि दुई टोलीले पछिल्लोपटक ला लिगामा २१ मार्चमा प्रतिस्पर्धा गरेको थियो । जसमा बार्सिलोना ४–० ले विजयी भएको थियो । त्यो भन्दा अघिको ६ खेलमा बार्सिलोनाले रियललाई हराउन सकेको थिए । बार्सिलोनाले सन् २०१७ जुलाईमा च्याम्पियन्स कपमा पनि रियललाई ३–२ ले हराएको थियो ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.