2 years ago
July 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा प्रशिक्षक कुमार थापाको पुनरागमन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार वेबसाइटमार्फत सूचना जारी गर्दै थापाले साफ च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोली हेर्ने जानकारी दिएको हो ।
यसअघि भारतको सिलिगुडीमा भएको चौथो संस्करणमा पनि थापा नै प्रशिक्षक रहेका थिए । त्यसबेला टोलीको यात्रा सेमिफाइनलमा रोकिएको थियो । त्यसपछि विराटनगरमा भएको पाँचौ संस्करणमा भने नेपाल फाइनलमा भारतसँग हारेको थियो । हालसम्म सबै संस्करणमा नेपाल भारतसँग पराजित हुँदै उपाधिविहिन बनेको छ । चार पटकको उपविजेता नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक थापाले ए डिभिजन लिगमा एपिएफ फुटबल क्लबको टोली सम्हालेका थिए । उनले एपीएफलाई औसत टोली हुनका बाबजुद रेलिगेसनबाट जोगाएका थिए । विशेषगरी टोलीमा विदेशी खेलाडी अनुबन्धनपछि उनले राम्रो नतिजा निकालेका थिए ।
साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । एन्फाले प्रतियोगिता आयोजनाका लागि मूल आयोजक समिति सँगै विभिन्न पदमा पनि जिम्म्मेवारी दिएको छ । एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ । उक्त समितिमा सबै उपाध्यक्ष र कार्यसमिति सदस्य रहनेछन् ।
त्यस्तै एन्फाले महिला टोलीको व्यवस्थापकमा विन्द्रा देवानलाई नियुक्त गरेको छ । प्रतियोगितामा रविन्द्र चन्द भेन्यु म्यानेजर, विजय घले लोकल जनरल कोअर्डीनेटर तथा दीनेश व्यन्जनकार सुरक्षा प्रमुख रहनेछन् । संजिव शिल्पकारले मार्केटिङ, ब्रोडकास्ट र डिजिटल राइट्सको जिम्मेवारी लिनेछन् ।
प्रतियोगिताका खेलहरु दशरथ रंगशाला हुने सम्भावना छ । आयोजक नेपालसहित ७ राष्ट्रले प्रतियोगितामा भाग लिनेछन् । पाँच पटकको विजेता भारत प्रतियोगिताको स्वभाविक दावेदार हो ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]