default_image

2 years ago

July 22, 2022

म्यानचेस्टर युनाइटेड छाडेर नटिङहममा अनुबन्धित

176 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका आक्रामक मिडफिल्डर जेसे लिङ्गार्ड फ्रि ट्रान्सफरमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नटिङहम फरेष्टमा अनुबन्धित भएका छन् ।

इंग्ल्यान्डका लागि ३२ क्याप जितेका २९ वर्षीय मिडफिल्डरले नटिङहममा १ वर्षको सम्झौता गरेको बुझिएको छ । उनी यो समरमा नटिङहममा अनुबन्धित हुने ११औं खेलाडी हुन् ।

युनाइटेडकै एकेडेमीको उत्पादन लिङ्गार्डले सन् २००० पछि अर्थात २२ वर्षपछि क्लब छाडेका हुन् । उनमो सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । २०११ देखि युनाइटेडको सिनियर टोलीमा रहेका लिंगार्डले २३२ खेलमा ३५ गोल गरेका छन् ।

अधिकांश सिजन लोनमा अन्यत्र क्लब पुगेका लिंगार्डले लेस्टर सिटी, बर्मिङहम सिटी, ब्राइटन, डर्वी काउन्टी र वेस्ट ह्याममा लोनमा खेलेका थिए । आफ्नो लोन अवधि पुरा गर्दै उनी गत सिजन युनाइटेड फर्किएका थिए । उनले गत सिजन युनाइटेडका लागि २२ खेलमा २ गोल गर्न सफल भएका थिए । युनाइटेडकै डिन हेन्डरसन पनि नटिङहममा रहेका छन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.