default_image

2 years ago

July 19, 2022

एन्फा कार्यसमिति बैठक बिहीबार लागि तय

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटब संघ (एन्फा)को स्थगित भएको कार्यसमितिको दोस्रो बैठक बिहीबार हुने भएको छ । बैठक बिहीबार विहान ७ः०० बजे सुरु हुने एन्फाले आफ्नो वेभसाइडमार्फत मंगलबार जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपनि सोमबारका लागि तय भएको बैठक स्थगित भएको थियो । रक्तचाप बढेपछि नेम्बाङलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । सोमबार राती ९ः०० बजे उनी डिस्चार्ज भएका थिए ।

एन्फा बैठकका लागि विविध बाहेक १७ वटा एजेन्डा तय भएका छन् । उप महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्तीलाई महत्वका साथ हेरिएको थियो । एन्फाका महासचिव किरण राईले असार २४ गते ११ एजेण्डासहितको पत्र पदाधिकारी र सदस्यहरुलाई पठाएका थिए ।

पछि एन्फाका दुई उपाध्यक्ष दिर्घबहादुर केसीले ५ र दीपक खतिवडाले १ एजेन्डा थप्न माग गरेपछि एजेण्डा १७ पुगेको थियो । खतिवडाले एक मात्र एजेण्डाका रुपमा सिइओ र प्रवक्ता नियुक्ती समेट्न माग राखेका थिए । केसीले भने विशेष साधारणसभा देखि महिला लिगको दोस्रो चरण आयोजना लगाएतका विषयलाई थप्न आग्रह गरेका थिए ।

एन्फा उपाध्यक्ष खतिवडाले एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व कर्मचारी गौरव थापालाई सिइओ र पूर्व केन्द्रिय सदस्य सुरेश शाहलाई प्रवक्ता नियुक्त गर्न आफूले बैठकमा प्रस्ताव राख्ने बताएका थिए । पछिल्लो समय थापालाई सिइओ भन्दा पनि सहायक महासचिवका रुपमा प्रस्ताव गर्ने तयारी भइरहेको एन्फाका एक पदाधिकारी बताए । उनले भनेका छन्‘ सिइओका लागि लामो प्रक्रिया लाग्ने भएकाले गौरव थापालाई सहायक महासचिव बनाउनेमा तयारी भइरहेको छ ।’

गौरव फिफाको १० वर्षे प्रतिबन्ध खेपिरहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा हुन् । पूर्व अध्यक्ष थापाकै दबाबमा गौरवलाई एन्फा प्रवेश गराउने तयारी भइरहेको छ । जसका लागि एन्फा अध्यक्ष नेम्बाङमाथि दबाब बढाइराखिएको एन्फा भित्रै चर्चा चलेको छ ।

निर्वाचन अघि नै अरुणमान जोशी र बसन्त अर्याललाई सहायक महासचिव नियुक्त गर्ने सहमति भएको बताइएको छ । पछिल्लो समयमा एन्फा निर्वाचन समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका दामोदर (बद्री भट्टराई) लाई पनि सहायक महासचिव बनाउनु पर्ने दबाब नेतृत्वमाथि बढाएको एन्फाका एक सदस्यले बताएका छन् । एन्फा कार्यसमितिले ३ जना महासचिव नियुक्त गर्न सक्ने प्रावधान छ ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.