default_image

2 years ago

July 19, 2022

जापानी विंगर रियल सोसिडाडमा

107 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी विंगर ताकेफुसा कुवो अर्काे स्पेनिस क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् ।

जापानी मेस्सीले परिचित २१ वर्षीय कुबोलाई रियल सोसिडाडले रियल म्याड्रिडबाट ५ वर्षको लागि ६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

युवा सनसनी कुवो १८ वर्षको उमेरमा रियलले क्लबमा अनुबन्ध गरेपनि उनले रियलको पहिलो रोजाईसँगै रिजर्भ टिममा समेत पर्न सकेनन् । नाबालिग स्थानान्तरण प्रतिबन्धको उल्लङ्घनका कारण छाड्न बाध्य हुनुअघि बार्सिलोनामा तीन सिजन बिताएका थिए ।

क्याटलान क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट सन् २०१९ मा रियल आएका थिए । तर, उनले रियलबाट डेब्युको अवसर पाएका छैनन् ।

रियल आएपछि उनले लोनमा मलोर्का, भिल्लारियल, गेटाफे र मर्लाेकाबाटै खेलेका थिए । रियल आउनुअघि पनि उनले एक सिजन जापानी लिग योकोहामाका लागि खेलेका थिए ।

कुवोले गत सिजन मलोर्काका लागि ३१ खेल खेल्दा २ गोल गरेका थिए । सन् २०१९ देखि जापानको सिनियर राष्ट्रिय टोलीमा रहेका कुवोले १८ क्याप जित्दा एक अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.