default_image

3 years ago

July 18, 2022

गौरवलाई सिइओ नभई सहायक महासचिवमा प्रस्ताव गर्ने सम्भावना !

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक आज (सोमबार) निर्धारित समय भन्दा केहि पछि सरेको छ ।

एन्फाले प्राविधिक कारणवश भन्दै दिउँसो १ः०० बजेका लागि डोकेको बैठक ३ः०० बजेपछि मात्र सुरु हुने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राई फिफाअन्तर्गतको एक समितिको जुम मिटिङमा सहभागि हुनुपर्ने भएकोले बैठकले २ घण्टापछि सारिएको बुझिएको छ ।

असार ६ गते निवार्चित कार्यसमितिको पहिलो बैठक असार ९ गते बसेको थियो । उक्त बैठकले महासचिव, कोषाध्यक्ष र विदेश विभाग प्रमुखको नियुक्ती गरेको थियो । आजको बैठकले थप केहि नियुक्ती गर्ने बताइएको छ । बैठकमा विविध बाहेक १७ वटा एजेण्डा छन् ।

महासचिव किरण राईले असार २४ गते विविधसहित १२ बुँदे एजेण्डा पदाधिकारी र सदस्यहरुलाई इमेलमार्फत पठाएका थिए । पछि उपाध्यक्षद्वय दीपक खतिवडा एउटा र दीर्घबहादुर (कुमार) केसीले ५ वटा एजेण्डा थप गर्न माग गरेपछि एन्फा नेम्बाङ त्यसलाई बैठकमा प्रस्तुत गर्न तयार भएका थियो ।

बैठकमा एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व कर्मचारी गौरव थापालाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नभई सहायक महासचिवमा नियुक्त गरिने सम्भावना बढेको छ । गौरव फिफाबाट १० वर्षको प्रतिबन्धमा रहेका गणेश थापाका छोरा हुन् ।

‘गौरवलाई सुरुमा सिइओ नै बनाउने सहमति भएको थियो । सिइओका लागि लामो प्रक्रियाबाट जानुपर्ने हुन सक्छ । खुला आव्हान गरेर लामो प्रक्रियामा जानुभन्दा कार्यसमिति बैठकबाट सहायक महासचिव नियुक्त गर्ने सम्भावना छ,’ एन्फाका एक पदाधिकारीले भने,‘ त्यसका लागि अध्यक्षसहित पदाधिकारीमा एकखालको सहमति छ । केहि परामर्शमा गौरवका लागि त्यहि पद उपयुक्त हुन सल्लाह आएको छ ।’ एन्फा कार्यसमितिले ३ जना सम्म सहायक महासचिव नियुक्त गर्न पाउने प्रावधान छ । थ्री स्टारका क्लबका अध्यक्ष अरुणमान जोशीको पनि सहायक महासचिवमा पुनः नियुक्त हुने चर्चा छ ।

एन्फाका पूर्व केन्द्रिय सदस्य रहेको पाँचथरका सुरेश शाहलाई एन्फा प्रवक्ताका रुपमा नियुक्त गर्ने प्रस्ताव बैठकमा पेश हुने यसअघि नै एन्फा उपाध्यक्ष दीपक खतिवडाले बताइसकेका छन् । अध्यक्ष नेम्बाङलगायत केहिले भने निर्वाचन समितिको सदस्य रहेका बद्री भट्टराईलाई प्रवक्ता बनाउन चाहिरहेको बताइएको छ ।

एन्फाका अर्का उपाध्यक्ष दावा लामाले भने पहिलो बैठकको निर्णय नै विवादमा परेकाले कुनै पनि निर्णयमा पुग्नुअघि व्यापक छलफल गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्,‘ हतारमा निर्णय गर्दा विवादमा पर्यौं । फेरि त्यहि गल्ति दोहोराउन हुन्न । कसैलाई नियुक्ती गर्नुअघि व्यापक छलफल आवश्यक छ ।’

सात वर्षअघि फिफाले गणेश थापामाथि छानविन थालेपछि गौरवले एएफसीबाट राजीनामा गरेका थिए । एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हामामले गौरवकै खातामा १ लाख अमेरिकी डलर पठाएको छानविनमा खुलेको थियो । पछि फिफाले त्यसलाई र अर्को आर्थिक कारोवारलाई आधार मानेर गणेश थापालाई भ्रष्टाचारको अभियोग लगाएको थियो ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.