2 years ago
July 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– भारतको भुवनेश्वरमा अर्को साता सुरु हुने साफ यू २० च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले च्याम्पियनसिप सुरु हुनु एक साता अघि सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन् ।
डेनमार्कबाट छनोटमा भाग लिन आएका मिडफिल्डर सुगम सुवाललाई समेट्दै केसीले अन्तिम टोलीको घोषणा गरेका हुन् । नेपाली युवा टोलीले साउन ९ गते माल्दिभ्ससँग खेल्दै च्याम्प्यिनसिपका सुरुवात गर्नेछ ।
साउन ११ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।
नेपाली यू २० टोली
गोलकिपर – इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
रक्षक – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड – दीपेश राई, निराजन मल्ल, रोशन खड्गी
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]