2 years ago
July 18, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक समस्याका बाबजुद यस ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्यायो । विशेषगरी अग्रपंक्तिका खेलाडी अनुबन्ध गरेको बार्सिलोनाको आक्रमण डरलाग्दो देखिएको छ ।
गत सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले यस सिजन युरोपका शीर्ष खेलाडीलाई क्लबमा अनुबन्धित गर्यो । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्न थालेको टोलीमा ओस्मान डेम्बेलेले पनि सम्झौता नविकरण गरे । जाभी आउनुअघि उनले क्लब छाड्ने पक्काजस्तै थियो । तर जाभीको आगमनले उनको प्रदर्शनमा व्यापक सुधार आयो र निर्णय बदले ।
पिएर एमेरिक औबामेयाङ आर्सनल छाडेर बार्सिलोना आएपछि क्लबको आक्रमण थप बलियो बनेको थियो । यसपटक बार्सिलोनाले ब्राजिलियन विंगर राफिन्हा र पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई पनि भित्र्यायो । आर्थिक रुपमा अझैपनि बार्सिलोनाका प्रतिद्वन्द्वी क्लब यो कसरि सम्भव भयो भन्ने प्रश्न गरिरहेका छन् । तर क्लबले केहि खेलाडी बेच्ने योजना भने बनाइरहेको छ ।
बार्सिलोनामा यस सिजन गोल गर्ने जिम्मेवारी लेवान्डोस्की र औबामेयाङमा हुनेछ । यी दुई खेलाडीले नम्बर ९ को भूमिका निर्वाह गर्नेछन् । विंगरको रुपमा बार्सिलोनासँग पर्याप्त विकल्प रहेको छ । डेम्बेले र राफिन्हाले विपक्षी डिफेन्सलाई आफ्नो गतिले समस्या दिनेछन् । त्यस्तै फेरान टोरेस र अन्सु फाती पनि विपक्षी डिफेन्सलाई चिर्न तयार छन् ।
सुध्रदै डिफेन्स
क्लबले डिफेन्स सुधार गर्ने क्रममा चेल्सीबाट आन्द्रिएस क्रिस्टेन्सनलाई सित्तैमा भित्र्यायो । आफ्नो सम्झौता सकिएपछि डेनिस डिफेन्डरले बार्सिलोनाको प्रस्ताव स्वीकारेका थिए । क्लबले सेभियाका डिफेन्डर जुल्स कुन्डेमाथि पनि नजर राखिरहेको छ ।
यसबाहेक क्लबले जेरार्ड पिके, रोनाल्ड अरौजो र एरिक गार्सिया पहिलेदेखि उपस्थित छन् । जोर्डी अल्बा र सर्जिनो डेस्टलाई साथ दिन क्लबले अर्को डिफेन्डर भित्र्याउन सक्छ । उक्त सुचिमा सेजार एज्पिलीक्वेटा र मार्कोस अलोन्सोको नाम छ ।
मिडफिल्डमा पर्याप्त विकल्प
बार्सिलोनाको मिडफिल्डमा युवा प्रतिभाको कमी छैन । एकेडेमीबाट हुर्के बढेका सर्जियो बुस्केट्सलाई युवा पेड्री, गाभी र निकोले राम्रो साथ दिएका छन् । फ्रान्क केसीको आगमनले टोलीको मिडफिल्ड शक्ति झनै बढेको छ । क्लबले त्यसैले पनि फ्रांकी डे जोङलाई बेच्न खोजिरहेको छ । तर दिन प्रतिदिन उक्त प्रयास कठिन देखिएको छ ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]