default_image

2 years ago

July 18, 2022

बेल र किएलिनीको डेब्युमा जित

125 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड छाडेर अमेरिकाको मेजर लिग सकर पुगेका वेल्स फरवार्ड ग्यारेथ बेलले आफ्नो नयाँ क्लब लास एन्जेलस फुटबल क्लब (एलएएफसी) बाट डेब्यु गरेका छन् ।

आइतबार भएको खेलमा एलएले नासभिललाई २-१ ले पराजित गर्यो । खेलमा बेलसँगै इटालियन डिफेन्डर जिओर्जियो किएलिनीले पनि क्लबबाट डेब्यु गरे । किएलिनीले सुरुवाती रोजाइमा खेल्दै डेब्यु गर्दा बेल भने दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

एलएले २७ औं मिनेटमा क्रिस्टियन अराङ्गोको सानदार एकल गोलमा अग्रता लिएको थियो । पहिलो हाफको २ मिनेट समय बाँकी हुँदा नासभिलले बराबरी गोल फर्कायो । हानी मुख्तारले पेनाल्टीमा गोल गर्दै नासभिललाई बराबरीमा ल्याए । दोस्रो हाफको पहिलो मिनेटमा जोसे किफुएन्टेसले गोल गर्दै एलएको अग्रता पुनस्थापना गरेका थिए । उनले पोस्टमा लागेर फर्केको बललाई गोलमा परिणत गरेका थिए ।

किएलिनी खेलको ६० औं मिनेटमा परिवर्तन भएका थिए । उनको स्थान एडी सेगुराले लिएका थिए । त्यस्तै बेल भने गोलकर्ता अराङ्गोको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

अंक तालिकामा एलएएफसी २० खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.