default_image

2 years ago

July 17, 2022

सावित्रा भारतीय क्लब गोकुलममा पुनः आबद्ध

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा एपिएफ महिला टोलकी फरवार्ड सावित्रा भण्डारी सम्बा भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी छन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेको गोकुलमले आइतबार आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।


सावित्राले पनि दोस्रो पटक क्लबमा सम्झौता गर्दा सुखी लागेको बताएकी थिइन् । ‘गोकुलमले गत सिजन पनि खेल्नुपर्छ भनेको थियो,’ उनले भनिन्, ‘तर चोटका कारण सम्भव भएन । फेरि एकपटक क्लबले मलाई विश्वास गरेको छ । म आफ्नोतर्फबाट पहिलाकै जस्तो प्रदर्शनको पूरा प्रयास गर्नेछु ।’

दुई वर्ष अघि सावित्राकै महत्वपूर्ण भुमिकाबाट प्रेरित गोलकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । त्यति बेला प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् ।

सावित्राले लिगका सबै खेलमा गोल गरेकी थिइन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन् ।

गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहेकी थिइन् । २०७७ फागुनमा घँुडामा चोट लागेपछि सावित्रा लामो समय मैदान बाहिर रहिन् । कतार पुगेर उपचार गरेर असोजमा स्वदेश फर्केयता उनी पुनः मैदानमा सक्रिय भएकी छिन् । उनी सम्मिलित एपिएफ महिला लिगको पहिलो चरणमा शीर्षस्थानमा रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.