default_image

2 years ago

July 15, 2022

उपाध्यक्षहरुको एजेण्डा थप्न एन्फा अध्यक्ष नेम्बाङ तयार

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उपाध्यक्षहरुको एजेण्डालाई केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ तयार भएका छन् । एन्फा नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक साउन २ गतेका लागि डाकिएको छ ।

अब विविध बाहेक १७ वटा एजेण्डामा छलफल हुने भएको छ । एन्फा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले बिहीबार ५ र त्यसअघि अर्को उपाध्यक्ष दीपक खतिवडाले एउटा एजेण्डा समेट्नमा माग गरेका थिए । उपाध्यक्ष खतिवडाले एन्फाको प्रमुख कार्यकारी अधिकृत र प्रवक्ता नियुक्तको एजेण्डा थप्न माग गरेका थिए ।

केसीले विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारक ए, बी, सी डिभिजनको मिति निर्धारण र ललित स्मृति यू १८ प्रतियोगिता आयोजनाको एजेण्डा थप गर्न माग अनुरोध गरेका थिए ।

‘दुवै उपाध्यक्षले कार्यसमितिमा प्रस्तुत गर्न राख्नुभएको एजेण्डालाई समावेश गर्न अध्यक्ष ज्यू तयार हुनुभएको छ,’ एन्फा महासचिव किरण राईले भने,‘ त्यहि अनुसार एन्फा पदाधिकारी र सदस्यहरुलाई एजेण्डा थप गरिएको जानकारी पठाएका छौं ।’

एन्फा कार्यसमितिले पूर्णता भने पाउँन बाँकी हुँदै महत्वपूर्ण विषयमा छलफल र सम्भवत निर्णय हुने भएको छ । २१ मध्ये २ खुला सदस्यको पुनः निर्वाचन गर्न बाँकी रहेको छ । असार ६ गते भएको निर्वाचनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, २ महिलासहित १३ सदस्य निर्वाचित भएका थिए । खुला सदस्यमा बाँकी २ सदस्यका लागि ४ जना मत बराबर भएपछि त्यसको निर्वाचन विशेष साधारण सभामा गरिने एन्फाले जनाएको थियो ।

एन्फाले कार्यसमिति बैठकका लागि भने महिला साफ च्याम्पियनसिपको आयोजना तथा टिम तयारीसहित विविध बाहेक ११ वटा एजेन्डा तय गरेको छ । जसमा पदपूर्ती समिति गठन, एनएसएल, सि डिभिजन छनोट, दैनिक फुटबल प्रशिक्षण सञ्चालन, यू २० र यू १७ टिम सहभागिता सम्बन्धमा एजेन्डा तय भएको छ ।

त्यस्तै विभिन्न पदाधिकारी नियुक्ती, आर्थिक सहयोग मापदण्ड निर्माण, राष्ट्रिय महिला/पुरुष सिनियर, युथ टिमलाई बुट ग्लोब्सका लागि रकम तोक्ने, डलर खाता खोल्ने, बस र फरर्चुनर गाडी तथा विविध एजेन्डामा छलफल गर्ने भन्दै एन्फाले कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई असार २४ गते पत्राचार गरेको थियो ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.