2 years ago
July 15, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब आयाक्सबाट अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेज भित्र्याउने भएको छ । दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर सहमति भएपछि मार्टिनेज युनाइटेड आउने भएका हुन् ।
मार्टिनेजलाई अर्को इंग्लिस क्लब आर्सनलले पनि पछ्याएको थियो । तर खेलाडी आफैंले आयाक्सलाई आफु आर्सनल जान नचाहेको बताएका थिए । युनाइटेडमा आयाक्सका पूर्व प्रशिक्षक एरिक टेन हाग जिम्मेवारीमा रहेकाले पनि मार्टिनेज आउन चाहेका हुन् । उनले सेन्टर ब्याक, लेफ्ट ब्याक र डिफेन्सिभ मिडफिल्डर तीनै पोजिसनमा खेल्ने क्षमता राख्छन् ।
गत सिजन आयाक्सले डच लिगको उपाधि जित्दा मार्टिनेज क्लबका सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । टेन हागले आफूसँग काम गरेका डिफेन्डरलाई त्यसैले पनि भित्र्याउन चाहेका थिए । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत खेलिरहेका उनको आगमनले युनाइटेडको कमजोर डिफेन्स सुधार्न केहि सहयोग पुग्नेछ । आयाक्स र युनाइटेडबीच झन्डै ५० मिलियन युरोको सहमति भएको बुझिएको छ ।
टेन हागले मार्टिनेजसँगै आयाक्सकै पूर्व खेलाडी फ्रांकी डे जोङलाई पनि अनुबन्ध गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बार्सिलोनामा रहेका उनको ट्रान्सफर सहज भने देखिएको छैन । क्याटलान क्लब बार्सिलोनाले आफ्नै टोलीका मिडफिल्डर फ्रांकी डे जोङलाई म्यानचेस्टर युनाइटेडसँग सम्झौता गर्न दबाब दिएको छ । क्लबले आवश्यक परे फ्रांकीलाई अमेरिका टुरबाट बाहिर राख्नेसम्म निर्णय गर्ने तयारी गरेको छ ।
बार्सिलोनाले मे महिनाको सुरुवातमा नै फ्रांकीलाई बेचेर यसपटक आफ्नो आर्थिक अवस्थालाई सन्तुलनमा ल्याउने रणनीति बनाएको थियो । त्यसैलाई ध्यानमा राखेर क्लबले फ्रांक केसी र आन्द्रिएस क्रिस्टेन्सनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्यो । तर फ्रांकी आफैंले क्लब छोड्न इच्छा नदेखाउँदा बार्सिलोना समस्यामा पर्ने देखिएको छ ।
स्पेनी पत्रिका स्पोर्टका अनुसार बार्सिलोनाले फ्रांकीलाई बारम्बार युनाइटेडको प्रस्ताव स्वीकार्न आग्रह गरेको छ । दुई क्लबबीच ट्रान्सफर रकमबारे सहमति भइसकेको छ । अब युनाइटेडले व्यक्तिगत सम्झौता गर्न फ्रांकीसँग छलफल गर्न चाहेको छ । तर उनी बार्सिलोनामा नै रहन चाहन्छन् । बार्साले अमेरिका टुरमा फ्रांकीलाई टोलीमा समावेश नगरेर दबाब दिन लागेको छ ।
फ्रांकीले बार्सिलोनाले चाहेको खण्डमा आफू तलब घटाएर भएपनि क्याम्प नोउमा नै बस्न चाहेको बताएका छन् । तर क्लबका कुनै पदाधिकारीले उनलाई यसबारे भनेका छैनन् । बरु उनलाई क्लब छोड्न सल्लाह दिनेको संख्या बढेको छ । फ्रांकीले कहिलेसम्म क्लबको दबाब थेग्न सक्छन् भन्ने अहिले चासोको विषय बनेको छ ।
सन् २०१९ मा बार्सिलोनाले नयाँ युगको सुरुवात भन्दै फ्रांकीलाई अनुबन्ध गरेको थियो । तर बार्सिलोनामा राम्रो प्रदर्शन गर्नका बाबजुद उनलाई क्लबले आर्थिक समस्याका कारण बेच्न खोजेको हो । यस पोजिसनमा युवा खेलाडी राम्रो रहेका कारण पनि बार्सिलोनाले जोखिम लिन नचाहेको हो ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]