2 years ago
July 14, 2022
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजनको ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चित खेलाडी हुन् । पछिल्लो दुई साता यता एकपछि अर्को क्लबसँग नाम जोडिएका रोनाल्डोलाई साउदी अरबको एक क्लबले कीर्तिमानी प्रस्ताव राखेको खबर बाहिरिएको छ ।
म्यानचेस्टर युनाइटेड प्रि-सिजन टुरमा रहँदा रोनाल्डो भने क्लबसँग समझदारीका कारण अझै प्रशिक्षणमा उपस्थित भएका छैनन् । क्लबले उनलाई पारिवारिक कारण देखाउँदै थप बिदा बस्न स्वीकृति दिएको छ । क्लबका नवनियुक्त प्रशिक्षक एरिक टेन हागले रोनाल्डोसँग छलफल भएको बताउँदै आफ्नो योजनामा राखेको बताएका छन् । तर रोनाल्डो यसबारे मौन छन् ।
पछिल्लो केहि सातायता रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले युरोपका शीर्ष क्लबसामु रोनाल्डो अनुबन्ध गर्न प्रस्ताव लागेको चर्चा पनि रहेको छ । जर्मन च्याम्पियन्स बायर्न म्युनिखले त मेन्डेसको प्रस्ताव नै अस्विकार गरेको चर्चा पनि छ । यसबाहेक पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, चेल्सी लगायत क्लबहरु रोनाल्डो अनुबन्धको चर्चाबाट टाढा नै बस्न चाहेको युरोपली संचार माध्यमले जनाएका छन् ।
यसबीचमा पोर्चुगलको सीएनएनले रोनाल्डोलाई साउदी अरबको एक क्लबले ३ सय मिलियन युरोको प्रस्ताव राखेको खबर आएको छ । नाम खुलासा नभएको उक्त क्लबले ३० मिलियन ट्रान्सफर रकम स्वरूप म्यान्चेस्टर युनाइटेडलाई, २ सय ५० मिलियन रोनाल्डोलाई दुई वर्षको तलब स्वरूप र २० मिलियन रोनाल्डोको एजेन्ट समुहलाई दिने प्रस्ताव गरेको बुझिएको छ ।
रोनाल्डो भने व्यक्तिगत रुपमा कम्तिमा यो सिजन युरोपको शीर्ष लिग नै खेल्न चाहन्छन् । यसै वर्षको अन्त्यमा हुने फिफा विश्वकप २०२२ कतारका लागि उनी उच्च लयमा खेलिरहन चाहेका छन् । त्यसैले पनि रोनाल्डोले यस सिजन उक्त प्रस्ताव नकार्ने सम्भावना छ । तर दुई सिजनको २ सय ५० मिलियन रकम निकै ठूलो हो । हाल रोनाल्डोले युनाइटेडबाट वार्षिक ३२ मिलियन युरो मात्र बुझ्ने गरेका छन् ।
रोनाल्डो युरोपमा अझ एक सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छन् । गत सिजन युनाइटेडको बिर्सनलायक प्रदर्शनपछि क्लब युरोपा लिगमा खुम्चिएको छ । त्यसैले पनि रोनाल्डो अन्यत्र भविष्य खोजिरहेका छन् । तर ३७ वर्षीय रोनाल्डोमा जोखिम लिन शीर्ष क्लब तयार छैनन् ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]