3 years ago
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्ष रहँदा पंकजविक्रम नेम्बाङले कार्यसमिति बैठकमा लागि पटक पटक एजेन्डा थप्न माग राख्ने गरेका थिए । अहिले नेम्बाङ अध्यक्ष रहँदा उनले देखाएको बाटोमा उपाध्यक्षहरु हिडेका छन् ।
साउन २ गतेका लागि बोलाएको केन्द्रिय समितिको बैठकमा ५ वटा एजेण्डा थप गर्न उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले महासचिव किरण राईलाई बिहीबार पत्र बुझाएका छन् । एन्फाले तय गरेको १२ वटा एजेन्डामा समावेश नभएका र अतिआवश्यक विषयलाई आफूले एजेन्डाका रुपमा थप गर्न माग गरेको उपाध्यक्ष केसीले बताएका छन् ।
केसीले विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारक ए, बी, सी डिभिजनको मिति निर्धारण र ललित स्मृति यू १८ प्रतियोगिता आयोजनाको एजेण्डा थप गर्न माग अनुरोध गरेका छन् ।
‘एन्फाको बजेट पास नभएसम्म कुनै कार्यक्रम अघि बढाउन सकिन्न । त्यति महत्वपूर्ण विषयलाई एजेण्डामा समेटिएको छैन,’ केसीले भने,‘ त्योसँगै अति महत्वपूर्ण विषयलाई एजेण्डामा समावेश गर्न महासचिवका नाममा एन्फामा पत्र दता गराएको छु ।’
महिला लिगको पहिलो चरण समाप्त भइसकेको छ भने दोस्रो चरणमो मिति तय भएको छैन । प्रदेशबाट छनोट भएका क्लबहरु सम्मिलित राष्ट्रिय लिगका विषयमा पनि एजेन्डामा नरहेकाले आफूले समावेश गरेको केसीले बताएका छन् । त्यस्तै फुटबल विकासमा ‘ए’,’बी’, ‘सी’ लिग र युवा खेलाडीको प्रतिभा प्रदर्शनका लागि ललित स्मृति महत्वपूर्ण रहने भएकोले त्यसको मिति पनि तय गर्नुपर्ने माग आफ्नो रहेको केसीले जनाएका छन् ।
एजेण्डा थपका विषयमा शुक्रबार निर्णय हुने महासचिव राईले जानकारी दिए । ‘उपाध्यक्ष केसीको पत्र पात्र भएको छ । यसअघि अर्का उपाध्यक्ष दीपक खतिवडाले एन्फा प्रवक्ता र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तका लागि प्रस्ताव गर्नुभएको छ,’ उनले भने,‘ एजेन्डा प्रस्तावका लागि भोली सम्मको समय तोकिएको छ । त्यसपछि अध्यक्ष ज्यूसँगको सल्लाहमा एजेण्डाका बारेमा निर्णय हुनेछ ।’
एन्फाले कार्यसमिति बैठकका लागि भने महिला साफ च्याम्पियनसिपको आयोजना तथा टिम तयारीसहित १२ वटा एजेन्डा तय गरेको छ । जसमा पदपूर्ती समिति गठन, एनएसएल, सि डिभिजन छनोट, दैनिक फुटबल प्रशिक्षण सञ्चालन, यू २० र यू १७ टिम सहभागिता सम्बन्धमा एजेन्डा तय भएको छ ।
त्यस्तै विभिन्न पदाधिकारी नियुक्ती, आर्थिक सहयोग मापदण्ड निर्माण, राष्ट्रिय महिला÷पुरुष सिनियर, युथ टिमलाई बुट ग्लोब्सका लागि रकम तोक्ने, डलर खाता खोल्ने, बस र फरर्चुनर गाडी तथा विविध एजेन्डामा छलफल गर्ने भन्दै एन्फाले कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई असार २४ गते पत्राचार गरेको थियो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]