default_image

2 years ago

July 14, 2022

टिनएज टोली तिखार्दै केसी

166 views

0 Bookmark

उत्सव शाक्य, काठमाडौं

घरेलु फुटबलमा चर्चित प्रशिक्षक हरु मध्य एक हुन् मेघराज केसी । मोफसलका अधिकांश ठूला प्रतियोगिता जितिसकेका केसीले घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजनमा भने सफलता हात पार्न सकेका छैनन् ।

सन् २०११ मा प्रशिक्षक ग्राहम रोबर्ट्सको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय टोलीमा सहायक प्रशिक्षक रहिसकेका केसी सन् २०१९ मा नेपाल यू-१९ टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । केसीको नेतृत्वमा रहेको नेपाली यू-१९ टोलीले इरानमा आयोजना भएको एएफसी कप यू-१९ छनोट खेलेको थियो । तीन खेलमा २ हार र १ बराबरीका साथ औसत प्रदर्शन गर्दै टोली अन्तिम चरणमा पुग्न सकेन ।

‘ए’ डिभिजनका थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब जस्ता प्रख्यात क्लबको प्रशिक्षण समाल्हिसकेका केसीले गत संस्करण भर्खरै ‘बी’ डिभिजन बाट ‘ए’ डिभिजनमा बढुवा भएको सातदोबाटो युवा क्लबको जिम्मेवारी लिएका थिए । नवप्रवेशी सातदोबाटोले सबैलाई चकित तुल्याउँदै चौथो स्थान हासिल गर्न सफल भयो । अधिकांश नयाँ अनुहारका साथ लिगमा उत्रेको सातदोबाटोको उच्च प्रदर्शनका नायक केसीको प्रशंसा थप चुलियो ।

उनै केसीको नेतृत्वमा नेपाली यू-२० राष्ट्रिय टोली हाल भारतमा हुने साफ यू-२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यू-२० एसियन कप छनोटको तयारीमा व्यस्त छ । एन्फाले देशभरबाट खुल्ला छनोट मार्फत खेलाडी छनोट गर्दै टोली निर्माण गरेको हो । पहिलो चरणमा ४० खेलाडी छनोट गरि बन्द प्रशिक्षण सुरु भएको टोलीमा हाल ३० खेलाडी छन् । टोली हाल सातदोबाटो स्थित एन्फा कप्लेक्सको मैदानमा अभ्यासरत छ ।

‘अभ्यास राम्रो हुँदैछ । अहिलेसम्मको अवस्थामा हामी खुसी नै हुनुपर्ने प्रकारले तयारी गरिरहेका छौं । आफ्नो तर्फबाट खेलाडी र हामी आबद्ध सबैले सक्दो मेहेनत गर्दैछौं,’ प्रशिक्षणबारे केसीले बताए । केसीलाई सहायक प्रशिक्षक बालगोपाल साहुखल र गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धरले साथ दिइरहेका छन् । टोलीको व्यवस्थापकमा दिवाकर घले रहँदा फिजियोथेरापिस्टको जिम्मेवारी लोकेन्द्र कुँवरले पाएका छन् ।

त्यसो त खुल्ला छनोट मार्फत खेलाडी समेटिएको भएपनि टोलीमा ‘ए’ डिभिजन लिगको अनुभव संगालेका क्रितिश रत्न छुन्जु, आयुष घलान, मनग्य नकर्मी, आशिष राई जस्ता खेलाडीहरु छन् । आयुष सिनियर राष्ट्रिय टोलीमा नियमित रहँदा क्रितिश र आशिष बन्द प्रशिक्षणमा परिसकेका छन् । अनुभवी र कम अनुभव तर सक्षम खेलाडीहरुको संयोजनले टोली बलियो बन्ने केसीको दाबी छ ।

‘अनुभवी साथै नयाँ खेलाडीहरु मिश्रित यो टोली राम्रो बन्छ र राम्रो बन्ने प्रयास पनि जारी छ । जहाँसम्म टोलीको आउँछ, आउँछ, टोलीमाथि गुनासो गर्ने अवस्था आउने छैन । झन्डै ७०-८० प्रतिशत टोली निर्माण भइसकेको छ र बाँकी रहेको एक सातामा पूर्ण तयारी हुन्छौं भन्नेमा विश्वस्त छु,’ केसीले थपे ।

संघ र जिम्मेवार व्यक्तिहरुले फुटबलमा व्यावसायिकता ल्याउन नसकेकोले नेपाली टोलीबाट उच्च अपेक्षा राख्न नहुने र त्यहि कारण तयारीमा बाधा आउने उनको भनाइ छ । ‘हो हामि एएफसी, फिफासँग आबद्ध छौ । तर आबद्ध छौं भन्दैमा हामीले टोलीबाट अन्तर्राष्ट्रिय स्तरको खेल अपेक्षा चाहिँ गर्नुहुन्न । संसारको धेरै जस्तो देशहरुले उच्च स्तरको या राष्ट्रिय टोली निर्माण गर्दा धेरै व्यावसायिक खेलाडी पाउँछन्, तर हाम्रो देशमा भने त्यो कठिन छ । नभेटेको भन्दैमा निराश हुनु पनि उपयुक्त हुन्न । त्यसैले हामीले आफुले पाएको समयमा, उपलब्ध भएको स्रोत साधनको प्रयोग गरि उत्कृष्ट तयारी गर्नु पर्छ । त्यसमा हामी निरन्तर लागिरहेका छौं । पक्कैपनि सजिलो छैन र त्यति गाह्रो पनि छैन,’ केसीले प्रष्ट्याए ।

भारतमा साउन ९ गते देखि सुरु हुने साफ यू-२० मा नेपालको लक्ष्य भने उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्नु रहेको छ । त्यसको लागि टोलीले ४ वटा खेलको चुनौती पार गर्नुपर्नेछ । ‘नतिजालाई लिएर म खासै तनाव लिन्न र नतिजाको मलाई चासो पनि हुन्न । मेरो उदेश्य भनेको उच्च स्तरको खेल पस्कनु हो । नेपाल साफको सदाबहार दाबेदार टोली हो । उमेर समूहको टोली मात्र हैन, हामीले व्यवस्थापन सहि तरिकाले अघि बढाउन सक्यौं भने जुनसुकै साफ प्रतियोगिताको दाबेदार रहन्छौं । दाबेदारी प्रस्तुत गर्न सुरुमा प्रदर्शन उच्च रहन पर्यो । त्यसमा हामीले विशेष जोड दिएका छौं,’ उनले भने ।

प्रशिक्षकको केसीका अनुसार चार चुनौती सहभागी विपक्षी राष्ट्रका रुपमा रहेका छन् । यस प्रतियोगिताको उपाधिको लागि नेपालसँगै चिर परिचित प्रतिद्वन्दी भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका भिड्नेछन् । ‘हामीले हरेक खेल जित्नुपर्छ । सबै विपक्षी टोली राम्रा छन् । सबै खेल उत्तिकै महत्त्वपूर्ण छन् । हामीले सबै टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ,’ उनले थपे ।

नेपाली दर्शकहरु र खेलाडीहरुले फुटबललाई सम्मान र माया गर्ने भएर मात्र फुटबल आज यहाँसम्म पुगेको उनको भनाई छ । ‘नेपालमा फुटबल नै कहाँ छ र? फुटबल त नेपालीहरुले माया गर्छन, त्यसैले खेल्छन । जसले खेलाउन पर्ने हो जसले लगानी गर्नु पर्ने हो उ त मौन छ । नेपालमा दर्शकले फुटबललाई माया गर्ने र खेलाडीले मन लगाएर खेल्ने भएर मात्र यहाँ उभिएका छौं,’ उनले स्पष्ट पार्न चाहे ।

नेपालको कुना काप्चामा उत्कृष्ट प्रतिभा रहेको र तिनले अवसर पाए भविष्यमा राष्ट्रले राम्रो खेलाडी पाउने सोचका साथ खुल्ला छनोट मार्फत खेलाडी चुनिएको उनले जनाए । ‘एकेडमीको खेलाडीहरुलाई लिएर टिम बनाउनु भन्दापनि नेपालभर लुकेका प्रतिभा खोजेर टोली बनाउँदा राम्रो बनाउन सकिन्छ भन्ने मेरो सोच हो । नेपालमा धेरै बालबालिका फुटबल खेल्छन् र हामीले सबैलाई मौका दियौं भने एकेडमीमा रहेका खेलाडी भन्दा अब्बल खेलाडी पाउन सक्छौं भन्ने सोच थियो । र पायौं पनि,’ उनले भने ।

‘प्रतिभालाइ लुकाएर, थुनेर राख्न पक्कै पनि सकिदैन । त्यो एक न एक दिन बाहिर आउने नै छ, देखिनेनै छ । त्यहि सोचले हामीले खुल्ला छनोट आव्हान गर्दै प्रतिभाहरुको खोजमा लागेका हौं । अहिले निर्मित टोलीका धेरै खेलाडीले निकट भविष्यमा सिनियर टोलीबाट खेल्नेछन्,’ केसीले टुंग्याए ।

५ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भाग लिन नेपाली टोली अर्को साता त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता सम्पन्न भए पश्चात टोली स्वदेश फर्केर साउन २५ गते देखि बहराइनमा हुने एएफसी यू – २० एसियन कप छनोटको तयारीमा जुट्ने बताइएको छ ।

दोस्रो चरणमा रहेका ३० खेलाडी

गोलरक्षक – ईश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की र जियारथ शेख

डिफेन्डर – अकिव हक्यु, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, श्रीजन दानी, रोशन थापा र राज थोकर

मिडफिल्डर – अभिषेक वाइवा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, प्रितम स्याङतान, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्ड – दिपेश राई, निरन्जन मल्ल, रोहन खड्गी र रोहित सुब्बा

January 2, 2025

सभापति कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा अर्को महिना सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ १० गतेदेखि हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी गरि १० पुरुष टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार […]

January 2, 2025

विमलाको २ गोलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। विमला चौधरीको २ गोलमा आर्मीले बागमती युथ क्लबलाई २-० ले सहज नतिजामा पराजित गर्यो।एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती विरुद्ध २५औं मिनेटमा नै आर्मीले अग्रता बनायो। विमला विकको लामो पासमा विमला चौधरीले किपर अगाडि बढेको बेला उत्कृष्ट […]

January 2, 2025

इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिप : गुजरातमाथि आर्मीको जित

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को पहिलो खेलमा जित हात पारेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भैरहेको प्रतियोगिताको दोस्रो दिन विहीबार भएको पहिलो खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एशोसियसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । […]

Success

Thank you for your time.