3 years ago
July 12, 2022
एजेन्सी – ग्यारेथ बेल र अमेरिकी क्लब एलएएफसी बीच सम्झौता भइसकेको छ । स्पेनिस क्लब रियल म्याड्रिडमा सफल खेल जीवन बिताएका बेल यसै महिना अमेरिकाको लस एन्जेलस पुगेका हुन् ।
३२ वर्षे बेल अमेरिका पुगेर सोमबार पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए । एलएएफसीले बेललाई पत्रकार सम्मेलनमा प्रस्तुत गर्ने क्रममा उनको आगमन क्लबको छोटो इतिहासको सर्वाधिक उत्साहजनक क्षणका रुपमा रहेको जनाएको थियो ।
‘मैले यहाँ आउँदा गौरव अनुभुती गरिरहेको छु,’ बेलले भने, ‘म यहाँ आउँदा उत्साहित छु । यहाँको अनुभव राम्रो रहन्छ र भविष्यका लागि आशावादी छु ।’
बेलले एलएएफसी अब अर्को स्तरमा जान सक्ने विश्वास पनि व्यक्त गरे । उनले भने ,’क्लबले महत्त्वपूर्ण योजना लिएको छ । क्लबका प्रतिनिधिसँगको छलफल मेरो भूमिकाका बारेमा प्रष्ट पारिएको छ, यो सम्भावना भएको क्लब हो । यहाँ समर्थकहरुका लागि उत्साहजनक माहोल तयार भइरहेको छ ।’
बेलले क्लबको महत्त्वपूर्ण हिस्सा हुन सक्ने उल्लेख गर्दै भने, ‘क्लबलाई अर्को स्तरमा लानका लागि म आफ्नो तर्फबाट प्रयत्न गर्नेछु ।’
मेजर लिग सकर र एलएएफसीको प्रशंसा गर्दै उनले सुधारको सम्भावना रहेको बताए । ‘म लामो समयदेखि एमएलएस हेरिरहेको छु । समयका कारण खेल हेर्न केहि कठिनाई त छ । तर पनि सम्भव भएसम्म मैले टेलिभिजनमा एमएलएस हेर्ने गरेको छु,’ उनले थपे, ‘यहाँको स्तरमा सुधार भइरहेको छ । यहाँको रंगशाला, टोलीहरुमा पनि सुधार भइरहेको छ । यहाँको लिगले उचाइ लिइरहेको छ ।’
बेलसँग लामो सहकार्य
एमएलएसमा जानुलाई खेलाडीले आफ्नो खेल करिअरको अन्त्यतर्फ लागेको संज्ञा पनि दिने गरिएको छ । लस एन्जेलसले भने बेलले लामो समय सहकार्य गर्ने अपेक्षा गरेको छ । ‘म अझै धेरै वर्ष खेल्न सक्छु । म यहाँ ६ वा १२ महिनाको लागि मात्र आएको होइन । म सम्भव भएसम्म लामो समयसम्म यहाँ रहनेछु,’ उनले भने, ‘म सकेको राम्रो गर्ने प्रयास गर्छु । लिगमा एउटा कोसेढुंगा पार गर्न चाहन्छु । भविष्यका लागि म उत्साहित छु । मेरो योजना भनेको मेहनत गर्ने हो ।’
बेलले टोटेनहम हट्सपरबाट रियल म्याड्रिड पुगेपछि निकै सफल समय बिताए । उनले ५ पटक क्लब फुटबलकै सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिग पनि जिते । यसबाहेक क्लब विश्वकप, ला लिगा, कोपा डेल रे लगायत दर्जन उपाधि उनले जितेका छन् ।
March 11, 2025
एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]
March 11, 2025
एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]