default_image

2 years ago

July 11, 2022

पिएसजी : गोलरक्षक नाभासको भविष्य अन्यौलमा

161 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का भेट्रान गोलरक्षक केलर नाभासको भविष्य अन्यौलमा परेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले इटालीका जियानलुइजी डोनारुम्मालाई पहिलो रोजाइको गोलरक्षक बनाउने भएपछि नाभास अर्को सिजन टोलीमा रहने वा नरहने अस्पष्ट बनेको हो ।

गत सिजन एसी मिलानबाट फ्री ट्रान्सफरमा पिएसजी आएका डोनारुम्मा र नाभासले पालैपालो खेलेका थिए । प्रशिक्षक माउरिसियो पोचेटिनोले दुवै गोलरक्षकलाई उतिकै अवसर दिएका थिए । तर यस सिजन भने प्रशिक्षक परिवर्तन भएसँगै डोनारुम्मा स्पष्ट रुपमा पहिलो रोजाइमा खेल्ने भएका हुन् । २३ वर्षीय डोनारुम्मालाई क्लबले दीर्घकालिन विकल्पको रुपमा हेरेको छ । यता ३५ वर्षीय नाभास भने करिअरको अन्त्यतिर छन् ।

पोचेटिनो प्रशिक्षक रहँदा नाभासले २६ खेल तथा डोनारुम्माले २३ खेल खेलेका थिए । डोनारुम्माले पहिलो सिजनमा केहि गम्भीर गल्ति पनि गरेका थिए । विशेषगरी च्याम्पियन्स लिगमा उनकै गल्तीका कारण रियल म्याड्रिडले सानदार पुनरागमन जित दर्ता गरेको थियो ।

यता डोनारुम्माले आफूलाई पहिलो रोजाइको गोलरक्षकको रुपमा स्थापित गर्दा नाभास भने अन्यौलमा छन् । पिएसजीमा नाभासको अझै २ वर्ष सम्झौता बाँकी रहेको छ । उनी वार्षिक १२ मिलियन युरो तलब बुझिरहेका छन् । आफ्नो परिवार पनि पेरिसमा रहेको हुँदा उनलाई अन्यत्र क्लब जान सहज हुने छैन ।

यसै डिसेम्बरमा ३६ वर्ष पुग्ने भएका कारण पनि नाभासमाथि अन्य क्लबले मोटो रकम खर्च गर्ने सम्भावना कम छ । एकतर्फ मोटो तलब र अर्कोतर्फ नाभासको पहिलो रोजाइमा खेल्ने चाहनाले पिएसजी पनि दुविधामा रहेको छ । नाभास आफैंसामु पनि नियमित खेल्न कम तलब स्वीकार्दै अर्को क्लब जाने वा पिएसजीमा अवसर कुर्ने भन्ने अन्यौल छ ।

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

Success

Thank you for your time.