default_image

2 years ago

July 10, 2022

एनआरटी ९–० ले पराजित

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा लगातार हारको श्रृंखला जारी राख्दा आइतबार अर्काे फराकिलो हार बेहोरेको छ ।

नेपाल थाईल्यान्डको शीर्ष डिभिजनको चोनवुरी एफसीसँग ९–० को भारी अन्तरले पराजित भएको हो । बलियो चोनबुरीविरुद्ध एनआरटी कुनैपनि समयमा खुलेर खेल्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

मलेसिया र थाइल्यान्ड भ्रमणमा एनआरटीको यो लगातार चौथो हार हो । यसअघि एनआरटीले थाइल्यान्डमै भएको थाइल्यान्डको तेस्रो डिभिजनको कासिम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ को भारी अन्तरले पराजित भएको थियो । उक्त खेलमा एनआरटीका सन्जोक राई र स्टेफन विनोङ समिरले गोल गरेका थिए ।

यसअघि एनआरटीले मलेसियामा भएको टुवान याङ टेरुतमा (टीवाईटी) कपमा दुवै खेलमा हार बेहोरेको थियो । इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ ले तथा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको थियो ।

एनआरटीले मलेसिया र थाइल्यान्ड भ्रमणमा चार खेल खेल्दा २४ गोल बेहोरेको छ । भने तीन गोल गर्न सफल भएको छ ।
अब एनआरटीले १३ जुलाईमा थोनबुरी एफसीसँग खेल्ने तालिका छ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.