3 years ago
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को भविष्यका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा नै छलफल हुने भएको छ ।
एन्फा अध्यक्ष पंकज नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएलको विषय छलफल गरेर आवश्यक निर्णय लिने जनाएको बताइएको छ ।
एनएसएलका बारेमा फरकमत राख्दै आएका ४ क्लबका प्रतिनिधि र एन्फा वरिष्ठ उपाध्यक्ष खड्कासहितको छलफलबाट एनएसएलसँग रहेको हालको सम्झौता रद्द गर्ने सिफारिस भएपछि एनएलएल हुनेमा शंका उत्पन्न भएको छ । त्यहि अन्यौलताका बारेमा बुझ्नका लागि आफूहरुले एन्फा नेतृत्वसँग छलफल गरेको एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताए ।
अहिलेको सम्झौतामा कतिपय त्रुटी रहेको र त्यसलाई खारेज गरेर नयाँ सम्झौता गर्नुपर्छ भन्ने एन्फा नेतृत्वको आयश रह्यो,’ शर्माले भने,‘ त्यसमा हामी छलफल गरेर अघि बढ्न तयार रहेको जानकारी उहाँहरुलाई दिएका छौं । साउन २ गतेको एन्फा बैठकमा छलफल गरेर अघि बढ्ने भन्नुभएको छ ।’
एन्फा र एनएसएल आयोजकबीच एनएसएलका लागि भएको हालको सम्झौता रद्द गर्नका लागि क्लबहरुले सिफारिस गरेको र त्यसको अर्थ अर्को सम्झौता गर्न नहुने भने बुझ्न नहुने एन्फा महासचिव राईले बताएका छन् ।
‘शुक्रबार क्लबहरुले सिफारिस गरेको विषयमा आएको समाचारले केहि अन्यौलता भएको देखियो । त्यहि विषयमा एनएसएलका प्रतिनिधिसँग अनौपचारिक भएको छ,’ उनले भने,‘ एनएसएलका बारेमा कसरी अघि बढ्ने भन्ने विषयमा साउन २ गते को बैठकले निर्णय लिने र त्यसका आधारमा अघि बढ्ने जानकारी दिएका छौं ।’
हालको सम्झौतामा एनएसएलमा प्रदेश स्तरको टोली बनाउने भनिएपछि व्यवहारमा त्यस्तो नरहेको, फिफा र एएफसीबाट एनएसएललाई मान्यता दिलाउने भन्ने विषय, सम्झौता अवधी चार वर्षको रहने भनिएपछि कहिलेबाट कार्यान्वय हुने भन्ने विषयहरु उल्लेख भएकाले क्लबहरुले रद्द गर्नका लागि सिफारिस गरेको राईले बताए ।
‘अहिलेकै अवस्थाबाट एनएसएल गर्न सम्भव नहुने भएकाले अहिलेको खारेज गरेर नयाँ सम्झौता गरेर जानुपर्छ भन्ने सुझाव हो,’ उनले थपे,‘ एन्फाको कार्यसमितिको बैठकले गर्ने निर्णयपछि एनएसएल आयोजकसँग छलफल गरेर यो विषयमा टुंगो लगाउने छौं ।’ यसअघि एन्फाले भदौ २५ गतेबाट एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि स्वीकृति दिएको थियो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]