3 years ago
July 10, 2022
एजेन्सी – पोर्चुगल महिला युरो च्याम्पियनसिपमा हारबाट जोगिएको छ । २–० ले पछि परेको स्थितिमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग रोमाञ्चक २–२ गोलको बराबरी खेलेको हो ।
म्यानचेस्टरमा शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डकी कोउम्वा सो र राहिल किविकले गोल गरिन् । पोर्चुगलकी डिएना गोमेस र जेसिका सिल्भाले बराबरी गोल फर्काइन् ।
पोर्चुगल खेलको सुरुवाती पाँच मिनेटमै २–० ले पछि परेको थियो । दोस्रो मिनेटमा कोउम्वा सोले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाईन् । पाँचौ मिनेटमा राहिल किविकले गोल गर्दै स्वीट्जरल्यान्डको अग्रता दोब्बर पारिन् । तर त्यो अग्रतालाई स्वीट्जरल्यान्डले दोस्रो हाफमा जोगाउन सकिनन् ।
५८औं मिनेटमा डिएना गोमेसले गोल गर्दै पोर्चुगललाई खेलमा फर्कने संकेत दिइन् । ६५औं मिनेटमा जेसिका सिल्भाले बराबरी गोल फर्काइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगिएको छ ।
यही समुहको अर्काे खेलमा नेदरल्यान्ड्स र स्वीडेनले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । स्वीडेनकी जोन्ना एन्डरसनले गोल गर्दा नेदरल्यान्ड्सकी जिल रुडले बराबरी गोल फर्काइन् ।
यो बराबरीपछि यो समूह ‘सी’ मा सबै चार टोलीले समान १ अंक जोडेका छन् । पोर्चुगल, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स र स्वीडेन गोलअन्तरमा क्रमशः पहिलो देखि चौथो स्थानमा रहेका छन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]