8 years ago
December 14, 2016
लन्डन (एन्जेसी)– याल्टान इब्राहिमोभिचले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बिहीबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । लिगमा अगस्ट यता युनाइटेडको यो लगातार दोस्रो जित हो ।
युनाइटेडको जितमा इब्राहिमोभिचसँगै पाउल पोग्बाको भूमिका महत्वपूर्ण रह्यो । पोग्बाले पहिलो हाफको अन्तिम मिनेटमा उनले युनाइटेडलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा प्राप्त बललाई पेनाल्टी बक्स भित्र इब्राहिमाोभिचले अघि बढाएपछि पोग्बाले नजिकबाट गोल गरेका थिए ।
दोस्रो हाफमा गोलकिपर डेभिड डी जियाले जेम्स म्याकअर्थरको प्रहार रोक्दै अग्रतालाई जोगाए । तर, ६६ औं मिनेटमा म्याकअर्थरले सफलता प्राप्त गरेर बराबरी गोल फिर्काए । बराबरीतर्फ उन्मुख खेलको दुई मिनेट बाँकी रहँदा पोग्बाको चलाखीपूर्ण पासमा इब्राहिमोभिचले कठिन मोडबाट गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।
जितपछि पनि जोजे माउरिन्होको टोली २७ अंकका साथ छैटौं स्थानमा । पाँचौं स्थानको टोटेनह्यामको भन्दा ३ अंकले कम हो । लिगका अन्य खेलमा शीर्षस्थानको चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, टोटेनह्याम जस्ता शीर्ष टोली पनि विजयी भएका छन् । त्यस्तै वेस्ट ह्याम युनाइटेड र वेस्ट ब्रुमविचले पनि जित निकालेका छन् भने स्टोक र साउथ ह्याम्टनले बराबरी खेलेका छन् ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]