3 years ago
July 4, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस अर्काे प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित भएका छन् ।
जेसस ४५ मिलियन पाउण्डमा ५ वर्षको लागि आर्सनलमा अनुबन्धित भएका हुन् । अब उनी २०२७ सम्म आर्सनलमा रहनेछन् ।जेसस अनुबन्ध भएसँगै अब उनी मिकेल अर्टेटाको अमेरिका भ्रमणको टोलीमा समावेश हुनेछ ।
जेसस २०१६–१७ को सिजनमा सिटीमा अनुबन्धित भएका थिए । जेससले सिटीका लागि १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।
जेससले सिटीबाट चारपटक प्रिमियर लिग, दुईपटक इएफएल कप र कम्युनिटी सिशल्ड तथा एकपटक एफए कप जितेका छन् ।
आर्सनलले पोर्चुगिज क्लब पोर्टो मिडफिल्डर फाबियो भिरियालाई पहिले नै अनुबन्ध गरिसकेको छ र लिड्स युनाइटेड विंगर राफिन्हालाई पनि ल्याउने प्रयास गरिरहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]