default_image

2 years ago

July 4, 2022

कप्तान रेनुका घाइते, आज नै शल्यक्रिया

191 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रशिक्षण दौरान घाइते भएपछि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको शल्यक्रिया गर्नुपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार अभ्यासको क्रममा उनि घाइते हुन पुगेकी हुन् ।

रेनुकाको आज नै ग्वार्को स्तिथ बी एन्ड बी अस्पतालमा शल्यक्रिया गर्ने तयारी गरिएको छ । एसियन कपको तयारीका लागि बन्द प्रशिक्षण रहेकी उनको क्लाभिकल कलरबोन अर्थात् घाँटीमुनिको बायाँ हड्डी (ब्युटी बोन) भाचिँएको हो ।

महिला सिनियर टोलीका फिजियो आभास्ना राजभण्डारीका अनुसार उनको आज नै बी एन्ड बीका वरिष्ठ डाक्टर डा. अमित जोशीले शल्यक्रिया गर्नेछन् । शल्यक्रियापछि नै उनि कति समय मैदान बाहिर रहनु पर्ने कुरा थाहा हुने फिजियो राजभण्डारीले जानकारी दिइन् ।

उनले भदौं १३ देखि २५ सम्म नेपाल आयोजना हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना प्रबल छ । रेनुका नेपाली महिलासँगै विभागीय टोली एपिएफकी कप्तान हुन् । उनि सन् २०१० देखि नियमित नेपाली महिला फुटबल टोलीकी सदस्य रहँदै आएकी छिन् ।

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

Success

Thank you for your time.