2 years ago
July 4, 2022
एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् ।
अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् ।
अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । उनी गत वर्ष सिरी ‘ए’ टिमसम्मिलित खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् । इटालियन कपमा काग्लियारीसम्मिलित खेलमा ३१ वर्षीया फेरिरीले पहिलोपल्ट रेफ्रीको भूमिका निभाएकी थिइन् । सिटाडेलाविरुद्धको खेलमा उनले तीन गोललाई मान्यता दिएकी थिइनन् ।
इटालीको फुटबल रेफ्री संघका अध्यक्ष अल्फ्रेडो ट्रेटालान्गाले फेरिरीको उपलब्धि सन्तोषजनक रहेको र अर्को सिजन ऐतिहासिक घटना देख्न पाउने बताएका छन् । उनले माथिल्लो दर्जाको फुटबलमा महिला रेफ्रीको उपस्थितिले यो क्षण वास्तवमै निकै खुसीको उपलब्धि हुने थपेका छन् । सात वर्षअघि रेफ्री बनेकी फेरिरीले सिरी ‘सी’ सँगै गतवर्ष सिरी ‘बी’ को खेल खेलाएकी थिइन् ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]