default_image

2 years ago

July 3, 2022

यू–२० को दोस्रो चरणमा ३० खेलाडी छनोट

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आसन्न साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटको लागि दोस्रो चरणमा ३० खेलाडीलाई छनोट गरेका छन् ।

प्रारम्भिक चरणमा रहेको ४१ सदस्यीय टोलीबाट प्रशिक्षक केसीले झन्डै एक महिनाको प्रशिक्षणपछि ११ खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो ।

अमर बहादुर नेवार, टोप बहादुर राना, जाम ताम्ली, खेमराज श्रेष्ठ, प्रदीप लम्साल, सन्जीव लामा, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, राज भुषाल, माल्दिना आङथुपो र जविन्द्र भट्टराई टोलीको प्रारम्भिक प्रशिक्षणबाट बाहिरिएका छन् ।

यू–२० साफ च्याम्पियनसिप भारतमा २५ जुलाईदेखि ३ अगस्टसम्म हुँदैछ । नेपालले माल्दिभ्ससँग २५ जुलाईमा, श्रीलंकासँग २७ जुलाईमा, ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्ने तालिका छ ।

यस्तै बहराईनमा सेप्टेम्वर १० देखि १८ सम्म हुने एएफसी यू–२० एसियन कप छनोटमा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग खेल्नेछ । भुटानसँग १० सेप्टेम्वर, १२ सेप्टेम्वरमा कतार, १४ सेप्टेम्वरमा बहराइन र १८ सेप्टेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ ।

दोस्रो चरणमा रहेका ३० खेलाडी
गोलरक्षक –
ईश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की र जियारथ शेख
डिफेन्डर – अकिव हक्यु, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, श्रीजन दानी, रोशन थापा र राज थोकर
मिडफिल्डर – अभिषेक वाइवा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, प्रितम स्याङतान, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान
फरवार्ड – दिपेश राई, निरन्जन मल्ल, रोहन खड्गी र रोहित सुब्बा

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.