default_image

2 years ago

July 3, 2022

‘रामोस मिस भइरहन्छ’– मोड्रिच

106 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियन भेट्रान मिडफिल्डर लुका मोड्रिचले अझैपनि क्लबमा पुर्व कप्तान सर्जियो रामोसलाई मिस गरिरहेको बताएका छन् ।

रामोस गत सिजन फ्रि ट्रान्सफरमा फ्रान्सेली च्याम्पियन पिएसजीमा पुगेका थिए । लुका मोड्रिचले गत वर्ष रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसको छाडेपछि आफूले अझै पनि मिस गरेको स्वीकार गरेका हुन् । ‘हामी अहिले फरक क्लबका लागि खेलिरहेका छौं । अझै पनि हरेक दिन एक अर्कासँग कुरा गर्छौं ।’ मोड्रिचले खुलासा गरे ।

स्पेनका दिग्गज रामोसले ब्लान्कोससँगको आफ्नो लामो सम्बन्ध गत सिजन टुंग्याएका हुन् । यो एक दशकमा रामोसले रियलका लागि सबथोक जितेका छन् । रियलमा उनको कप्तानीमा अतुलनीय रहेको थियो ।

डिफेन्डर फ्रान्समा संघर्ष गरिरहेको बेला रियलले भने कार्लो एन्सेलोटीको नेतृत्वमा च्याम्पियन्स लिग जित्दै आफ्नो प्रभाव देखाएका छन् । तर पूर्व बालोन डी’ओर विजेता मोड्रिचले स्वीकार गरे कि उनी अझै पनि आफ्नो र क्लबका लागि रामोस चाहन्छन् ।

‘तपाईंले देख्नुभएकै छ । धेरै सफल टोलीमा रहेका सफल र भेट्रान सबै खेलाडीहरूको प्रस्थान पीडादायी छ । मैले रामोससँग ९ वर्ष खेले । उनी प्रस्थान गरे ।’ मिडफिल्डरले स्पोर्ट्सकेलाई भने, ‘म म्याड्रिड आएको पहिलो दिनदेखि नै उहाँ मेरो नजिक हुनुहुन्थ्यो, उहाँले मलाई रियल म्याड्रिडमा अनुकूल हुन मद्दत गर्नुभयो, उहाँले मलाई प्रोत्साहन गर्नुभयो । उहाँले मेरो क्षमतामा विश्वास गर्नुभयो । हामी ठूलो साथी बन्यौं, हाम्रा परिवारहरू सँगै भए, हामीले लामो यात्रा सँगै तय ग¥यौं ।’

‘हामी अझै पनि हरेक दिन एकअर्कासँग सन्देशमार्फत कुरा गरिरहन्छौं । म उहाँसँग ह्याङ्ग आउट गर्न छुटेको छु, तर फुटबलमा चीजहरू यस्तै छन् ।’

मोड्रिचले अर्को सिजन म्याड्रिडमा फेरि एक पटक प्रमुखताका साथ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई क्लबमा ल्याउन असफल भएपनि रियलले ओरेलियन चुवामेनी र एन्टोनियो रुडिगरलगायत प्रभावशाली खेलाडी भित्र्याईसकेका छन् ।

स्थानान्तरण विन्डोज खेलाडी अनुबन्ध र बर्हिगमनको एक मानक हो । यो सबैको लागि हो । यसले नै क्लबहरुको प्रदर्शनलाई तय गराउँदछ । ‘मैले पहिले भनेझैं, यो रियल म्याड्रिड हो । यो पुष्टि भएको छ कि हामी सबैबिना, यो ट्रफीको बाटोमा जारी रहनेछ । हामी सबै जान्छौं, केवल रियल म्याड्रिड अनन्त छ ।’

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.