default_image

2 years ago

July 3, 2022

एडीको ह्याट्रिकमा आर्सनलको सानदार जित

136 views

0 Bookmark

एजेन्सी – एडी एनकेटियाको ह्याट्रिक सहयोगमा लन्डन क्लब आर्सनलले प्रि–सिजनको अभ्यास खेलमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले इंग्ल्यान्डको तेस्रो डिभिजनको लिग वान क्लब इप्सविच टाउनमाथि ५–१ को सानदार जित निकालेको हो ।आर्सनलको जितमा एडीले ह्याट्रिक पुरा गर्दा साम्वी लोकांगा र फोलारिन बालोगुनले गोल गरे । इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काए ।

आर्सनलका दिग्गज थिएरी हेनरीको पुरानो नम्वर १४ को जर्सी लगाएको पहिलो खेलमा नै एनकेटियाले ३५ मिनेट भित्र नै ह्याट्रिक गर्न सफल भएका हुन् । दुई साताअघि मात्रै क्लमा लामो सम्झौता गरेका एडी एनकेटियाले खेलको ३० सेकेन्डमै गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

प्रशिक्षक मिकेल अर्टेटाले बन्र्ड लेनो, हेक्टर बलिएन, बेन ह्वाइट, थोमस पार्टी र निकोलस पेपेले पहिलो रोजाईमै खेलाएका थिए । दोस्रो हाफमा पुरै युवा टोलीलाई मैदानमा उतारेको थियो । युवा प्रतिभा फोलारिन बालोगुनले पनि दोस्रो हाफमा मौका पाएको थियो । २० वर्षीय इंग्लिस युवा स्टारले आर्सनलका लागि पाँचौ गोल गरे । इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काए ।

अब आर्सनल प्रि–सिजन भ्रमणमा सोमबार जर्मनी प्रस्थान गर्दैछ । आर्सनलले जुलाई ८ मा नर्नवर्गसँग खेल्नेछ । म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेससले त्यतिबेलासम्म ४५ मिलियन पाउन्डमा आफ्नो सम्झौता पुरा गरिसक्नेछ ।

त्यसपछि आर्सनल अमेरिका भ्रमणमा निस्कनेछ । आर्सनलले अमेरिकामा तीन खेल खेल्ने तालिका छ । अगस्ट ५ मा क्रिस्टल प्यालेसँग खेल्दै आर्सनलले नयाँ सिजनको सुरुवात गर्नेछ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.