3 years ago
July 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो ।
अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा रहेको नेपाली टोलीले साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको थियो । नेपाली टोलीले शुक्रबार बंगलादेशको ढाकामा साफका महासचिव अनवरुल हक हेलालसँग पनि भेट गरेको थियो ।
यो प्रस्तावलाई साफ अर्डिनरी कंग्रेस २०२२ अघिको साफको कार्यकारी समितिको बैठकले अअनुमोदन गरेको थियो ।
साफ अर्डिनरी कंग्रेस २०२२ ढाकामा भएको थियो । यो कंग्रेसले काजी मोहम्मद सलाहुद्दीनलाई साफको अध्यक्षमा निपर्वरोध निर्वाचित गरेको छ । उनले अअब २०२६ सम्म कार्यभार सम्हाल्नेछन् ।
क्ंग्रेसले भुटान फुटबल फेडेरसनका उगेन वाङ्चुकलाई साफको कार्यकारी सदस्य र श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवर उमरलाई साफको प्रतिनिधित्व गर्ने एएफसी कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ । त्यस्तै साफ अनुशासन तथा आचार संहिता र साफ आचार संहिता पनि कार्यकारी समितिबाट स्वीकृत भएको छ ।
नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो । एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी छन् ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]