default_image

2 years ago

July 2, 2022

एनआरटीको अर्काे फराकिलो हार

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया जारी टुवान याङ टेरुतमा (टीवाईटी) कपमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आफ्नो दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ ।

एनआरटी मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भएको हो । पहिलो हाफमा २–० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा थप तीन गोल खाएको थियो ।

पेनाङको फराकिलो जितमा लुकास सिल्भाले ह्याट्रिकसहित चार गोल गरे । एक गोल सराभानको नाममा रह्यो । बलियो पेनाङलाई एनआरटीले पहिलो हाफमा ४३ मिनेटसम्म मात्रै रोक्न सफल भयो । लुकास सिल्भाले गोल गर्दै पेनाङलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सराभानले गोल गर्दै पेनाङलाई पहिलो हाफमा २–० को अअग्रता दिलाए ।

६८अऔं मिनेटमा लुकास सिल्भाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । ८०औं मिनेटमा सिल्भाले अर्काे गोल थप्दै ह्याट्रिक पुरा गर्दा एनआरटी ४–० ले पछि प¥यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सिल्भाले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

यसअघि एनअआरटी पहिलो खेलमा इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ को फराकिलो अअन्तरले पराजित भएको थियो ।

पेनाङ शहरका प्रमुख मिस्टर याङले पद बहाली गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना भएको टीवाइटी कपमा एनआरटी जितविहीन बन्दै बाहिरिएको छ ।

गोलअअन्तरको आधारमा पेनाङ च्याम्पियन बनेको छ । पेनाङ र कारोको समान ४ अंक नै रहेपनि गोल अन्तरमा पेनाङ अघि रह्यो । पेनाङ र कारोले समानद २ खेलबाट ४ अंक जोड्दा एनआरटी अंकविहीन बन्यो । विजेता पेनाङले १० हजार मलेसियन रिंगेट तथा उपविजेता कारोले ५ हजार मलेसियन रिंगेट प्राप्त गरेको छ ।

टीवाइटी कपपछि एनआरटीले थाइल्याण्डमा विभिन्न क्लबसँग तीन मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने पक्का भइसकेको छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.