default_image

2 years ago

July 2, 2022

इंग्ल्यान्डलाई यू–१९ युरो उपाधि

80 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको युवा टोलीले अतिक्ति समयमा पूनरागमन जित निकाल्दै युइएफए युरो यू–१९ को उपाधि जितेको छ । इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्डले उपाधि रक्षा गरेको हो ।

शुक्रबार राति भएको फाइनलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो ।इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे । इजरायलका ओस्कार ग्लोचको गोल सान्त्वना बन्यो ।

स्लोभाकियमा भएको खेलको ४०औं मिनेटमा ओस्कार ग्लोचको गोलबाट इजरायलले सुरुवाती अग्रता लिएको थियो । तर, ५२औं मिनेटमा कलुम डोयलले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो ।

१०८औं मिनेटमा कारने चुकविमेकाले गोल गर्दै इंग्ल्यान्डलाई २–१ ले अघि बढाए । त्यसपछि ११६औं मिनेटमा आरोन राम्सेले गोल गर्दै इंग्ल्यान्डलाई च्याम्पियन बनाए ।

इंग्ल्यान्ड २०१७ पछि च्याम्पियन बनेको हो । त्यतिबेला इंग्ल्यान्डले पोर्चुगललाई हराएको थियो । पछिल्लो दुई संस्करण (२०२० र २१) भने कोभिड–१९ का कारण हुने सकेको थिए ।

च्याम्पियन बनेसँगै इंग्ल्यान्डले सर्वाधिक उपाधि जित्ने स्पेनको कीर्तिमानलाई भेट्टाएका छन् । स्पेन र इंग्ल्यान्डले समान ११ पटक उपाधि जितेका छन् ।

June 29, 2024

युरो कपको नकआउट चरण आजदेखि

एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

Success

Thank you for your time.