3 years ago
July 1, 2022
एजेन्सी – फरवार्ड अल्भारो मोराटा इटालियन क्लब युभेन्टसबाट स्पेनिस क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन् ।
सन् २०२० मा स्पेनिस क्लब मड्रिडबाट लोनमा युभेन्टस गएका स्पेनिस फरवार्ड मोराटा दुई सिजनपछि पुनः एट्लेटिको फर्किएका हुन् ।
युभेन्टसले १० मिलियनमा एक वर्षका लागि मोराटालाई लोनमा भित्र्याएको थियो । जसमा ४५ मिलियनमा खरिदको विकल्प र थप १० मिलियनले मोराटालाई स्थायी खेलाडी बनाउने अधिकार युभेन्ट्सलाई थियो ।
युभेन्ट्सले मोराटाका लागि १५ मिलियनको प्रस्ताव गरेपनि एट्लेटिकोले त्यसमा सहमति नजनाएपछि सम्झौता हुन नसकेको जनाएका छन् । एट्लेटिको म्याड्रिड र मोराटाबीचको सम्झौता अर्को वर्ष समाप्त हुनेछ ।
२९ वर्षीय मोराटाले युभेन्ट्समा दुई सिजन बिताउँदा ३२ गोल गरेका छन् । मोराटा सन् २०१४ मा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।
त्यहाँ दुई सिजन बिताउँदा दुई सिरी ‘ए’, दुई इटालियन कप र एक सुपर कपसँगै सन् २०१५ मा युभेन्ट्सलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याएका थिए । त्यसको चार वर्षपछि मोराटा रियल म्याड्रिड, चेल्सी र लोनमा एट्लेटिको म्याड्रिड हुँदै पुनः युभेन्ट्समा पुगेका थिए ।
अल्भारोले हरेक खेलमा, हरेक प्रशिक्षण सत्रमा, कुनैपनि समयमा टोलीलाई सबै थोक दिएका छन् । उनले युभेन्ट्सको जर्सीमा कुल ५९ गोल गरेका छन् । उनले १६ मेमा युभेन्ट्सका लागि एलिएन्ज स्टेडियममा लाजियोविरुद्ध अन्तिम गोल गरेका थिए । तिम्रो भविष्यको शुभकामना अल्भारो र सबै कुराको लागि धन्यवाद’ युभेन्ट्सले लेखेको छ ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)-अहमद हिजाजीले ह्याट्रिकमा धनगढी एफसी दोस्रो जित दर्ज गर्दै एनसेल एनएसएलको शीर्षस्थानमा उक्लन सफल भएको छ। सानदार कमब्याकमा धनगढीले काठमाडौं रेजर्सलाई ३-१ ले माथ दियो। अपराजित धनगढीले ललितपुरले जतिकै ८ अंक जोडे पनि हेड-टु-हेडको आधारमा शीर्षस्थानमा रहन सफल भएको हो। एक गोलले पछि परेको धनगढीको कमब्याकमा हिजाजी नायक बन्दै धनगढीलाई जित दिलाए। कमजोर […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा धनगढी एफसीले उत्कृष्ट कमब्याक गर्दै पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ। धनगढीको लागि अहमद हिजाजीले ह्याट्रिक गरे। दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट […]
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]