default_image

2 years ago

July 1, 2022

फिफाले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटायो

148 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध हटाएको छ ।

फिफाले बिहीबार विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो । प्रतिबन्धपछि फिफाले मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो ।

फिफाले गठन गरेको नर्मलाइजेसन कमिटीले पीएफएफ पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाईएको जनाएको छ । यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएको फेरि प्रतिबन्ध गरिने जनाएको छ ।

December 19, 2024

आर्सनल, न्युकासल र लिभरपुल सेमिफाइनलमा

एजेन्सी – आर्सनल, न्युकासल युनाइटेड र लिभरपुलले इङ्ग्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधवार भएको खेलमा आ-आफ्नो खेल जित्तै तिन टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकको सहयोगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.