default_image

2 years ago

June 30, 2022

टीवाईटी कपमा एनआरटीको फराकिलो हार

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी टुवान याङ टेरुतमा (टीवाईटी) कपमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ ।

एनआरटीले इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ को फराकिलो हार बेहोरेको हो । पहिलो हाफमै ४–० ले पछि रहेको एनआरटीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो ।

पेनाङमा बिहीबार राति भएको खेलमा कारोको फराकिलो जितमा जिलाङ प्रामुड्या र कार्डिनाटा टारिगानले समान दुई तथा मौलाना खालिदीले एक गोल गरे । एनआरटीका मेसुके इटिग्ने ओलोमोउले एक गोल फर्काए ।

पेनाङ शहरका प्रमुख मिस्टर याङले पद बहाली गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना भएको टीवाइटी कपमा एनआरटीले अब २ जुलाईमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्ने छ । टीवाईटी कपको विजेताले १० हजार मलेसियन रिंगेट तथा उपविजेताले ५ हजार मलेसियन रिंगेट प्राप्त गर्नेछ ।

टीवाइटी कपपछि एनआरटीले थाइल्याण्डमा विभिन्न क्लबसँग तीन मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने पक्का भइसकेको छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.