default_image

2 years ago

June 30, 2022

महासचिव राईले साफ कंग्रेसमा नेपालको नेतृत्व गर्ने

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले साफ कंग्रेसमा नेपालको नेतृत्व गर्ने भएका छन् ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कंग्रेस २ जुलाईदेखि बंगलादेशको ढाकामा हुँदैछ । कंग्रेसका लागि एन्फाका महासचिव किरण राईसँगै सदस्य विकास नारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) अध्यक्ष सुन्दर नरसिंह जोशी पनि ढाका जानेछन् । तीन सदस्यीय टोली (आज) बिहीबार दिउँसो त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

महासचिव राईले कंग्रेसमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप गराउने एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्नेछन् । कंग्रेसमा साफ सदस्यहरुबीचको फुटबल विकासका विषयमा पनि छलफल हुनेछन् ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.