default_image

2 years ago

June 29, 2022

प्रज्वल र किसनले साफ यू–२० च्याम्पियनसिप खेलाउने

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा रेफ्री प्रज्वल क्षेत्री र सहायक फिफा रेफ्री किशन कनैया यादवले भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिपमा नेपालबाट रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् ।

दक्षिण एसिया फुटबल फेडेरेसन (साफ) ले रेफ्री क्षेत्री र सहायक रेफ्री यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । क्षेत्री र यादवले गत वर्ष फिफा रेफ्री ब्याच प्राप्त गरेका थिए ।

भारतको कालिंगा स्टेडियम भुवनेश्वरमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि २७ जुलाईमा श्रीलंका, ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्ने तालिका छ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छन् ।

साफ च्याम्पियनसिपको लागि एन्फाले प्रशिक्षण शुरु गरिसकेको छ । प्रारम्भिक चरणमा ४० खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ ।

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

Success

Thank you for your time.