3 years ago
June 28, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जापानिज स्टार मिडफिल्डर ताकुमी मिनामिनो फ्रान्सेली क्लब मोनाकोमा अनुबन्धित भएका छन् ।
मिनामिनो १५.५ मिलियन पाउन्डमा मोनाकोमा ४ वर्षको लागि अनुबन्धित भएका हुन् । अब २७ वर्षीय मिनामिनो सन् २०२६ सम्म मोनाकोमा रहनेछ ।
मोनाकोले लिभरपुल आउनुअघि नै सन् २०२० मा मिनामिनोलाई अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट अनुबन्धको प्रयास गरेका थिए । तर, मोनाको प्रयास सफल भएन । मिनामिनोले केही समय अर्काे इंग्लिस टोली साउथह्याम्टनमा लोनमा खेलेका थिए । लोन अवधि सकाएर उनी लिभरपुलमा फर्किएका थिए । त्यसपछि उनले लिभरपुलका लागि १० खेलमा अवसर पाएका थिए ।
मोनाकोमा अनुबन्ध भएसँगै मिनामिनोले यो परियोजनाको हिस्सा हुन पाँउदा धेरै खुशी लागेको बताएका छन् । मिनामिनोले लिभरपुलका लागि ५५ खेलमा १४ गोल गरेका छन् ।
उनी गत सिजन इंग्ल्यान्डको घरेलु कपमा लिभरपुलको सर्वाधिक गोलकर्ता बनेका थिए । लिभरपुलले एफए कप र लिग कप जित्दा मिनामिनोले ७ गोल गरेका थिए । यद्यपि, लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंक पछाडि पर्दै प्रिमियर लिग जित्नबाट वञ्चित रह्यो ।
‘एएस मोनाकोमा सामेल हुन पाउनु मेरो लागि खुशीको कुरान हो, एउटा ठुलो परम्परा भएको र लिग वानको सबैभन्दा राम्रो क्लब हो । म मेरो तर्फबाट टोलीलाई राम्रो गर्न सक्दो गर्न तत्पर छु ।’ मिनामिनोले भने । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टाकीलाई लिभरपुलमा देख्न नपाउनु गाह्रो विषय रहेको तर यो उनको उत्कृष्ट कदम रहेको बताएका छन् । ‘उनी एक प्रतिभाशाली खेलाडी हुन् ।’ क्लोपले भने ।
मिनामिनो अघि साडियो माने जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भइसकेका छन् । डार्विन नुनेजलाई लिभरपुलले अनुबन्ध गरिसकेको छ । साडियो मानेले पनि क्लब छोड्ने सम्भावना रहेको छ । डिभोक ओरिगी पनि एसी मिलान जाने तयारीमा छन् ।
फरवार्ड फाबियो कार्भाल्होलाई ५ मिलियन पाउन्डमा तथा एबरडीनका १८ वर्षीय फुलब्याक क्याल्भिन रामसेलाई ४.२ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]