2 years ago
June 28, 2022
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लब (एलएएफसी) मा अनुबन्धित भएका छन् ।
वेल्सका कप्तान रहेका ३२ वर्षीय बेल फ्रि एजेन्टमार्फत लस एन्जलसमा एक वर्षको लागि अनुबन्धित भएका हुन् । लस एन्जलसले सोमबार बेल क्लबमा अनुबन्ध भएको घोषणा गरेका छन् । उनी सन् २०२३ सम्म लस एन्जलसमा रहनेछ । बेलले लक्षित रकममार्फत थप एक वर्षको विकल्पसहित सम्झौता गरेका हुन् ।
यसको अर्थ उनले अझै अर्काे एक वर्ष अमेरिकी क्लबमै खेल्ने सम्भावना छ । यसका लागि लस एन्जलसले इन्टर मियामीलाई जनरल एलोकेसन मनीमार्फत ७५ हजार अमेरिकी डलर पठाएको छ ।
लस एन्जलसका सह–अध्यक्ष तथा महाप्रवन्धक जोन थोरिंगटनले बेल आफ्नो पुस्ताको सबैभन्दा गतिशिल र रोमाञ्चक आक्रमणकारी खेलाडीमध्ये एक रहेको बताएका छन् ।
‘बेल जस्तो प्रतिभाशाली खेलाडीलाई क्लबमा ल्याउनु क्लबको लागि अविश्सनीय अवसर हो । उनी ट्रफी जित्न उत्प्रेरित छन् । हामी पनि उत्साहित छौं ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेलले यसै महिनाको सुरुवातमा फिफा विश्वकप छनोट अन्तरगत प्ले अफको फाइनलमा वेल्सको कप्तानी सम्हालेका थिए । प्ले अफको फाइनलमा युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट हुन सफल भएको थियो ।
बेल इंग्लिस क्लब टोटेनहमबाट त्यतिबेलाको विश्व कीर्तिमानी मुल्यमा स्पेनिस क्बल रियल म्याड्रिडमा पुगेका थिए । रियलमा सुरुवाती सिजनको उच्च प्रदर्शन गरेका बेल पछिल्लो समय भने पहिलो रोजाईमा पर्न सकेको थिएन । कतारमा हुने विश्वकपमा टोलीमा स्थान बनाउन बेल नियमित फुटबल खेल्न चाहन्छन् । सोही कारण पनि उनले ९ सिजनपछि रियल छाड्दै लस एन्जलस रोजेका हुन् ।
‘म लस एन्जलसमा यो कदमको लागि उत्साहित छु ।’ बेलले भने, ‘यो म र मेरो परिवारको लागि सही ठाँउ हो । मेरो करिअरको सही समय हो र म टोलीसँग काम गर्न र लस एन्जलसमा ट्रफीहरु जित्न आतुर छु ।’
सन् २००६ देखि वेल्सका लागि बेलले १०५ खेलमा २८ गोल र २२ असिस्ट दिएका छन् । उनले पाँचपटक च्याम्पियन्स लिग र ६ पटक वेल्स फुटबलर अफ दि इयर अवार्ड जितेका छन् ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]