default_image

2 years ago

June 26, 2022

बेल एमएलएस क्लब लस एन्जलसमा जाने

141 views

0 Bookmark

एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी मेजर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) मा अनुबन्धित हुने पक्का भएको छ । २९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएका हुन् ।

स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए । रियलका उत्कृष्ट खेलाडीमध्ये एक रहेका उनी पछिल्लो समय भने पहिलो रोजाईमा पर्नमा संघर्षरत थिए ।

पाँच पटकको च्याम्पियन्स लिग विजेता बेल आफ्नो पुर्व क्लब टोटेनहम हटस्पर वा घरेलु क्लब कार्डिफमा अनुबन्ध हुने हल्ला चलेको थियो । एलएले अझै पनि बेल क्लबमा आउने बारेमा पुष्टि गरेको छैन । तर, बेलले शनिबार ट्वीट गरे, ‘लस एन्जलस, चाँडै भेटौं ।’

सन् २०१३ मा क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा रियल म्याड्रिडमा आबद्ध भएका बेलले यस महिनाको शुरुमा इटालीका डिफेन्डर जर्जियो चिलिनीले जस्तै एमएलएस जाने पथ पछ्याएका छन् ।

वेल्स २०२२ को विश्वकपमा छनोट हुन नसकेको अवस्थामा खेल जीवनबाटै सन्यास लिने अनुमान गरिएको थियो । तर, रोबर्ट पेजको टोलीले यस महिनाको शुरुमा विश्वकप प्ले अफको फाइनलमा युक्रेनलाई हराएर कतार विश्वकपमा स्थान पक्का गरेपछि बेलको भविष्य कुन क्लबमा जानेछन् भन्नेमात्र थियो ।

बेलका एजेन्टले यस हप्ताको शुरुमा बेल च्याम्पियनसिप क्लब कार्डिफसँग छलफल भइरहेको बताएका थिए । तर, उहाँ एमएलएसतर्फ जाँदैछ । एमएलएस फेब्रुअरीदेखि अक्टोवरसम्म चल्छ । एमएलएसको खेलाडी सरुवा बजार ७ जुलाईमा खुल्छ ।

लस एन्जलस अमेरिकाका पुर्व अन्तर्राष्ट्रिय स्टिभ चेरुन्डोलोद्धारा व्यवस्थित गरिएको क्लब हो । एलएले लगातार १९ सिजन एमएलएस खेलेका छन् ।

एमएलएसको सिजनको अन्त्यपछि प्ले अफ हुनेछन् । एमएलएल कप फाइनल ५ नोभेम्वरमा हुनेछ । त्यसको १६ दिनपछि विश्वकप शुरु हुनेछ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.