3 years ago
June 23, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका सेनेगली स्टार फरवार्ड साडियो माने जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
माने ३५.१ मिलियन पाउन्डमा ३ वर्षको लागि बायर्नमा अनुबन्धित भएका हुन् । अब उनी सन् २०२५ सम्मा बायर्नमा रहनेछ । लिभरपुलमा अझै एक वर्ष सम्झौता बाँकी रहँदा उनले क्लब छाड्दै बायर्न जाने निधो गरेका हुन् ।
लिभरपुलले बायर्नको सुरुवाती दुई प्रस्तावलाई नकारेपनि तेस्रो प्रस्तावलाई स्वीकारेको हो । ‘यो चुनौतीको लागि सही समय हो ।’ ३० वर्षीया मानेले भने, ‘मैले सुरुदेखि नै यो ठूलो क्लबको ठूलो चासो महसुस गरें त्यसैले मेरो दिमागमा कुनै शंका थिएन ।
‘साडियो माने विश्वका एक स्टार हुन् जसले एफसी बायर्नसँगै सम्पूर्ण बुन्डेसलिगाको आकर्षण बढाउनेछ ।’ बायर्नका अध्यक्ष हर्बर्ट हेनरले भने, ‘यो यस्तो अद्वितीय फुटबलरहरूको लागि हो कि प्रशंसकहरू स्टेडियमहरूमा आउनेछन् ।’
लिभरपुललाई च्याम्पियन्स लिग र प्रिमियर लिग जिताउन महत्वपूर्ण भुमिका निभाएका मानेले गत फेब्रुअरीमा सेनेगललाई पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन पनि बनाए ।
‘धेरै वर्षयताको उच्च अन्तर्राष्ट्रिय स्तरमा उनको उत्कृष्ट प्रदर्शन र उनको उत्कृष्ट सफलताका साथ, संसारमा उनीजस्ता थोरै खेलाडीहरू छन् ।’ बायर्नका प्रमुख कार्यकारी ओलिभर कानले भने, ‘हामी पक्का छौं कि साडियो मानेले आफ्नो शानदार खेल शैलीले आगामी वर्षहरूमा हाम्रा फ्यानहरूलाई खुशी पार्नेछन् । उहाँ महत्वाकांक्षी र थप उपाधि जित्न उत्सुक हुनुहुन्छ ।’
माने जुन २०१६ मा साउथह्याम्प्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुलमा आएका मानेले क्लबका लागि २६९ खेलमा १२० गोल गरेकाछन् । गत सिजनमा सबै प्रतियोगितामा २३ गोल गरेका थिए ।
मानेले क्लब छाड्ने भएसागै लिभरपुलले उरुग्वेली युवा फरवार्ड डार्विन नुनेज बेन्फिकाबाट ८५ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]