2 years ago
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज (बुधबार) हुँदैछ । एन्फाका अनुसार नव निर्वाचित कार्यसमितिको सपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ ।
सोमबार भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ । कार्यसमितिले पूर्णता भने पाइसकेको छैन । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ । एन्फाले यि चारबीच नै हुने निर्वाचनको मिति तोक्नेछ । दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन् ।
तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । कुल ८४ मतमध्ये पंकजले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।
वरिष्ठ उपाध्यक्षमा बिर बहादुर खड्काले निकटतम् प्रतिद्धन्द्धी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए ।
यस्तै उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् । दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । दीर्घले ४२ मत पाए ।
महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भइन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् । दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए । सदस्यमा मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ् थापा ४० मत पाएर निर्वाचित भएका छन् । एन्फाको कार्यसमिति बैठकले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]