default_image

3 years ago

June 21, 2022

एपिएफलाई हराउँदै एभेनियर सेमिफाइनलमा

173 views

0 Bookmark

पोखरा (हाम्रा खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबमाथि सानदार जित निकाल्दै क्यामरुनी क्लब एभेनियर एफसी डोउला छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै एभेनियरले अन्तिम चारमा चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको हो । एभेनियरको जितमा विल्लेले दुई तथा सामेसामे र फ्रेडेरिकले समान एक गोल गरे । एपिएफका सविन थापाले एक गोल फर्काए ।

हेमजा युनाइटेडको आयोजनामा गौरीशंकर माविको खेल मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनलको २७औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । सुरुवातदेखि नै हावी भएको एभेनियरले उत्कृष्ट खेल पस्कदा एपिएफ निरिह बन्न पुगेको थियो ।

८६औं मिनेटमा परिवर्तित खेलाडी विल्लेले गोल गर्दै एभेजियरको अग्रता तेब्बर पारे । विल्लेले नै इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

दोस्रो हाफमा १० खेलाडीमा सीमित एपिएफका लागि सविन थापाले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गरेपनि हार टार्न सकेन । बुधबार पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.