default_image

2 years ago

June 21, 2022

ब्राजिली विंगर पोर्चुगिज क्लबमा अनुबन्धित

161 views

0 Bookmark

एजेन्सी – ब्राजिली विंगर डाभिड नेरेस पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्धित भएको छ । बेन्फिकाले युक्रेनी क्लब शाख्तरबाट डाभिडलाई ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

२५ वर्षीय विंगर सन् २०२७ सम्म बेन्फिकामा रहनेछन् । गत सिजनको मध्यतिर उनी डच क्लब आयाक्सबाट युक्रेनी क्लब साख्तर डोनेस्कमा १५ मिलियन युरोमा पुगेपनि रसिया र युक्रेनको युद्धको कारण उनले साख्तरमा खेल्न पाएनन् ।

उनले साख्तरमा एक खेल पनि नखेली अर्काे क्लब रोजेका हुन् । उनले साख्तरमा झन्डै ६ सिजन बिताउँदा १८० खेलमा ४७ गोल गरेका छन् ।

ब्राजिली क्लब साओपाउलोमा हुर्किएका उनी त्यसपछि आयाक्सको एकेडेमीमा पुगेका थिए । आयाक्सको जुनियर टिममा दुई सिजनमा उनले ५ खेलमा ३ गोल गरेका थिए ।

ब्राजिलका लागि उनले ७ खेलमा १ गोल गरिसकेका छन् । २०१९ यता उनी ब्राजिलको टोलीमा पर्न सकेका छैनन् ।

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

Success

Thank you for your time.