8 years ago
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित रुस्लान थ्री स्टार क्लबले क्षतिपूर्ति वापत ६ करोड रुपैयाँ र दोषीमाथि कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) मा बुधबार पत्र दर्ता गराएको छ ।
एन्फाकै लापरवाहीका कारण खेल्नबाट बञ्चित थ्री स्टारले मागको उचित संम्बोधन नभए त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि पनि एन्फानै जिम्मेवार हुने पनि पत्रमा उल्लेख गरेको छ । एन्फाले उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुनेमा पनि शंका व्यक्त गर्दै भनेको छ,‘ एन्फाले गल्ति स्वीकार गरिसकेको अवस्थामा फेरी समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुनेमा विश्वास गर्ने आधार छैन ।’
एएफसी कपमा नेपाली क्लबको सहभागिता नरहनु भनेको देश र स्वयम एन्फाका लागि पनि लज्जाको विषय हुनु पर्नेपनि क्लबले दर्ता गरेको पत्रमा उल्लेख गरिएको छ । क्षतिपूर्ति नपाउँदा र दोषीमाथि कारवाही नहुदा सम्म थ्री स्टार क्लब कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने पनि पत्रमा प्रष्टसँग उल्लेख गरेको छ ।
पटक पटक क्लब दर्ताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पत्राचार गरेपनि त्यसमा एन्फाले कुनै काम अघि नबढाएपछि अन्ततः थ्री स्टार समूह चरणबाट छनोट भएपनि एएफसी कपको प्ले अफ खेल्नबाट भने बञ्चित भएको थियो । यो घटनाबाट एन्फाले आउँदा दिनका लागि पाठका रुपमा लिने विश्वास लिएको उल्लेख गर्दै क्लबले भविष्यमा एन्फा भित्र चुस्त व्यवस्थापनको अपेक्षा राखेका जनाएको छ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]