default_image

2 years ago

June 19, 2022

स्कटिस युवा स्टार रामसे लिभरपुलमा अनुबन्धित

117 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले स्कटिस युवा डिफेन्डर काल्भिन रामसे अनुबन्ध गरेको छ । लिभरपुलले युवा डिफेन्डर रामसेलाई स्कटिस क्लब एबरडीनबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

१८ वर्षीय डिफेन्डरलाई युरोपाका चर्चित क्लबले अनुबन्धको प्रयास गरेपनि उनी ४ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित भएका हुन् । उनी सन् २०२७ सम्म लिभरपुलमा रहनेछ ।

लिभरपुलमा अनुबन्ध भएसँगै रामसेले यहाँ आउनु साँच्चै सपना साकार भएको बताएका छन् । ‘एबरडीनका लागि खेल्नु एउटा सपना साकार भएको थियो र अब विश्वको चर्चित क्लबमा आबद्ध भएको छु । यसको भाग हुन पाउनु ठूलो उपलब्धि हो र म फ्यानहरूलाई म के हुँ भनेर देखाउने प्रयास गर्न तत्पर छु ।’ रामसेले भने, ‘आशा छ म प्रि–सिजनमा आउन सक्छु, क्लबमा सबैलाई देखाउन सक्ने कोसिस गर्नेछु ।’

राम्सेले लिभपुलमा २२ नम्वरको जर्सी लगाउनेछन् । रामसेले गत सिजन ३३ खेल खेलेका थिए । उनले स्कटल्याण्डको यू–२१ टोलीबाट खेलिसकेका छन् । लिभरपुलले यस समरमा तेस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।

यसअघि लिभरपुलले फाबियो कार्भाल्हो र युवा फरवार्ड डार्विन नुनेजलाई अनुबन्ध गरेको गरिसकेको छ ।

July 7, 2024

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो!

एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले […]

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

July 7, 2024

स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले […]

Success

Thank you for your time.