default_image

8 years ago

December 14, 2016

रोनाल्डोले गरे मेस्सीको तारिफ  – एउटै क्लबबाट खेल्दा अझै सफलता मिल्ने विश्वास

111 views

0 Bookmark

पेसिर (एजेन्सी)– चौथो पटक बालोन डी’ओर अवार्ड जितेका रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले आफु र बार्सिलोनाका लियोनल मेस्सीसँगै खेल्दा अझै बढी सफलता प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । बालोन डी’ओर अवार्डमा रोनाल्डोले मेस्सीलाई पछ्याइरहेका छन् । मेस्सी र एट्लेटिको एन्टोनियो ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डोले सोमबार चौथो पटक उक्त अवार्ड जितेका हुन् ।

rm

मेस्सीको तारिफ गर्दै उनले यदि दुवै जनाले एउटै टोलीका लागि खेल्दा त्यो धेरै चाखलाग्दो हुने बताएका छन् । पोर्चुगलका कप्तान समेत रहेको रोनाल्डोले एउटै क्लबबाट खेल्दा अवार्डका लागि अझै कडा टक्कर हुने पनि अनुमान गरे । सन् २०१० यता रोनाल्डो र मेस्सीले मात्र बालोन डी’ओर अवार्ड जित्दै आएका छन् ।

‘हामी दुवै एउटै क्लबबाट खेल्दा त्यो झनै रोचक हुनेछ’ रोनाल्डोले भने,‘मलाई लाग्छ महान खेलाडीहरुले सँगै खेल्नुपर्छ । यदि हामी दुवै एउटै टिमबाट खेल्थ्यो भने उनले भन्दा मैले बढी सफलता पाउने थिए । तर, उनी पनि कमजोर भने हुने थिएनन् । सबैलाई थाहा छ मेस्सी कति महान खेलाडी हुन् भन्ने, उनीले पाँच पटक बालोन डी’ ओर जितिसकेका छन् ।’

व्यक्तिगत सफलता प्राप्त गरेपछि ३१ बर्षे स्टार पुन क्लब फुटबलतर्फ केन्द्रित हुन चाहेका छन् । उनले जापानमा जारी क्लब विश्व कपमा सफलता प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् । क्लब विश्वकपको सेमिफाइनलमा बिहीबार रियलले क्लब अमेरिकाको सामना गर्दैछ । क्लब विश्व कपलाई उनले सिजनको उपाधिको सुरुआतका रुपमा लिएका छन् ।

‘मेरो अहिलेको वास्तविक लक्ष्य भनेको महत्वपूर्ण उपाधि क्लब विश्वकप जित्नु हो ’ उनले थपे ‘ यो पछि ला लिगा उपाधि हो, जुन रियल जित्न चाहन्छ । सम्भव भएसम्म पुनः च्याम्पियन्स लिग र कोपा डेल रे । म सधै सबै जित्न चाहन्छु ।’

ronaldo-and-messi-2

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.