3 years ago
June 17, 2022
एजेन्सी – तीन फरक राष्ट्रमा आयोजना हुने फिफा विश्वकप २०२६ आयोजना हुने शहर सार्वजनिक गरिएको छ ।आयोजक शहरहरुमा लस एन्जलस, मियामी, न्यूयोर्क, टोरन्टो र डलास समावेश छन् ।
जसको बिहीबार घोषणा गर्दै उत्तर अमेरिकी शहरहरूले खेलहरू आयोजना गर्नेछन् । तीन फरक देशले साझा गर्ने पहिलोपटक हुने यस प्रतियोगिताका खेलहरू १६ सहरमा १६ फरक स्थानमा आयोजना हुनेछन्, जसमध्ये ११ संयुक्त राज्य अमेरिकामा, दुईवटा क्यानडा र तीनवटा मेक्सिकोमा छन् ।
प्रतियोगिताको पश्चिमी क्षेत्र आयोजक सहरहरू भ्यानकुभर, सिएटल, सान फ्रान्सिस्को÷बे एरिया, लस एन्जलस र ग्वाडालाजारा हुनेछन् । मुख्य आयोजक शहरमा कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, मोन्टेरी र मेक्सिको सिटी हुनेछन् । पूर्वी क्षेत्रका खेलहरू टोरन्टो, बोस्टन, फिलाडेल्फिया, मियामी र न्यूयोर्क-न्यू जर्सीमा हुनेछन् ।
यूएस स्थलहरूमा मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम (ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी) समावेश छन् । मेटलाइफ स्टेडियम (न्यूयोर्क-न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड (सिएटल) मा हुनेछन् ।
क्यानडाका खेलहरू बिएमओ (टोरन्टो) र बीसी प्लेस (भ्यानकुभर) मा खेलिनेछन् । मेक्सिकोमा (मेक्सिको सिटी), स्टेडियो बीबीभीए मोन्टेररे र स्टेडियो एकरोन गुआडालाजारा रहेका छन् ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]